

कपिलवस्तुमा आयो कोरोना विरुद्धको खोप



कपिलवस्तु ।
कोरोना भाइरस (कोभिड –१९) विरुद्धको ४ हजार ५ सय डोज ‘कोभिशिल्ड’ खोप आज कपिलवस्तुमा आइपुगेको छ । आज दिउँस मात्र खोप कपिलवस्तु आइपुगेको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन उमेश घिमिरेले जानकारी दिनुभयो ।
कपिलवस्तु सहित देशभर सो खोप भोलीबाट नै लगाउन सुरु गरिने छ । स्वास्थय कार्यालय कपिलवस्तुमा भोली बिहान १० बजे खोप अभियान सुरु गर्ने गरी तयारी गरिएको पनि उहाँले बताउनुभयो । आवस्यक तयारी पुरा गरीएको भन्दै फोकल पर्सन घिमिरेले भोली बिहान स्वास्थ्य कार्यालयका प्रमूख अनिल केसी र जिल्ला अस्पताल कपिलवस्तुका मेडिकल सुपरिटेन्डेन डा. किशोर बञ्जाडेले खोप लगाएर अभियान थाल्ने बताउनुभयो ।
यस्तै सरकारको निर्देशन अनुसार पहिलो चरणमा कपिलवस्तुमा स्वास्थ्यकर्मीलाई खोप दिइने छ भने त्यसपछि सरकारले तोकेका अन्य क्षेत्रका व्यक्तिले लगाउने छन् । पहिलो चरणमा अहिले आएको ४५ सय डोज खोप लगाइने र क्रमश छिट्टै अर्को चरणमा पालिका स्तरमा नै खोप लगाउने कार्यक्रम सुरु हुने बताइएको छ ।
सरकारले पहिले चरणमा स्वास्थ्यकर्मी, शुरक्षाकर्मी, फोहरमैला व्यवस्थापनमा खटिन संकलक, चालक त्यसैगरी एम्बुलेन्स तथा शववाहन चालक र सहचालक लगायतलाई खोप लगाउने जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोली बुधबार बिहान १० बजे खोप लगाउने कार्यक्रमको भर्चुअल शुभारम्भ गर्नुहुने छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया