जिल्ला–जिल्लामा पठाउन थालियो कोरोनाविरुद्धको खोप 

काठमाण्डौ ।
आउँदो बुधवारदेखि सुरु हुने कोरोना भाइरस ९कोभिड–१९० विरुद्धको खोप अभियानका लागि सोमबार ९आज० सबै प्रदेशमा खोप पुगेको छ । आइतबार सातवटै प्रदेशको भण्डारण केन्द्रहरूमा खोप पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका खोप सेवा शाखाका प्रमुख डा। झलक शर्मा गौतमले जानकारी दिनुभयो ।

चार लाख ३० हजार जनालाई लक्षित गरेर पहिलो चरणमा लगाइने खोप प्रदेशबाट जिल्ला–जिल्लामा पठाउन थालिएको प्रमुख शर्माको भनाइ छ ।

यसैबीच प्रदेश नम्बर २ मा कोरोनाविरुद्धको खोप सबै जिल्ला सदरमुकामबाट एकैसाथ सुरु गरिने भएको छ । सोमबार जनकपुरमा बसेको प्रादेशिक कोरोना सङ्कट व्यवस्थापन समितिको बैठकले बुधबार आठवटै जिल्ला अस्पतालबाट खोप अभियान सुरु गर्ने निर्णय गरेको हो ।

प्रदेश नम्बर २ मा पुगेका ३४ हजार खेप खोप मङ्गलबार ९भोलि० सम्म सबै जिल्लाका स्टोरमा पठाइने समितिले जनाएको छ ।

भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको १० लाख डोज खोप सातवटै प्रदेशमा पठाउने काम भइरहेको र यो खोपको तेस्रो चरणको परीक्षण सफलतापूर्वक सम्पन्न भएकाले ढुक्क भएर लगाउन मन्त्री त्रिपाठीले सबैलाई आग्रह गर्नुभयो ।

सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स तथा शववाहन चालक, सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा काम गर्ने कर्मचारी, वृद्धाश्रम र कारागारमा रहेकालाई खोप दिने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

खबर सबै