

देउखुरीमा बनेको नेपालको दोस्रो लामो पुलको आज उद्धघाटन हुने



दाङ ।
एकवर्ष अघि निर्माण सम्पन्न भएको नेपालकै दोस्रो लामो पक्की पुल उदघाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज दाङ्गको देउखुरी जाने भएका छन् । लुम्बिनी प्रदेशको स्थायी राजधानीस्थित राप्ती नदीमा राप्ती गाउँपालिकाको सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने गरी निर्माण भएको पक्की पुलको उद्घाटन गर्न प्रधानमन्त्री देउखुरी जाने भएका हुन् ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ मंसिर २२ गते शिलान्यास गरेको उक्त पुलको लम्बाइ ८६० मिटर र चौडाइ साढे १० मिटर रहेको छ ।
करिब एक अर्ब रुपैयाँ लागतको यो पुल चार वर्षभित्र बनाइसक्ने सम्झौता भएको भएपनि ठेकेदार कम्पनी एएनके लुम्बिनी वाइपी जेभीले तोकिएको समयभन्दा चार महिना अगाडि नै पुल निर्माण कार्य पूरा गरेको थियो ।
पुल उद्घाटन कार्यक्रमको तयारी पूरा भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ।
पुल नहुँदा सिसहनियाँ– महदेवा वारीपारी गर्न वर्षायाममा उर्लिएको भेलमा जोखिमपूर्ण तरिकाले डुंगा तर्नु पर्थ्यो। अब भने राप्ती नदीमा पुल निर्माण भएसँगै देउखुरीबासीलाई यात्रा गर्न सहज भएको छ।
यो पुल निर्माणबाट साविकको गोबरडिहा गाविस र साविकको सिसहनियाँ क्षेत्रका बासिन्दा लाभान्वित भएका छन्। यति मात्र होइन, पछिल्लो समय पुल पर्यटकीय गन्तब्यको रुपमा विकास भएको छ।
दाङ जिल्ला भित्रबाट मात्रै नभएर बाहिरी जिल्लाबाट पर्यटकहरु यहाँ आउने गरेका छन्। अहिले गढवा गाउँपालिकाअन्तर्गत पर्ने राप्तीपारीको क्षेत्रबाट वारी आउँदा कालाकाटे९भालुवाङ हुँदै करिब डेढ घण्टाको सवारी यात्रा गर्नुपर्ने अवस्था थियो, तर पुल निर्माण भएसँगै १५ मिनेटभित्रै वारपार गर्न सकिने भएको छ।
पुल उद्घाटन सकेपछि राप्ती गाउँपालिका–२ लालमटीयामा सभाको आयोजना गरिने बताइएको छ ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया