

प्रधानमन्त्री कप क्रिकेट : आज दुई खेल हुदैँ

काठमाण्डौ ।
प्रधानमन्त्री कप पुरुष एक दिवसीय क्रिकेटमा आज पनि दुई खेल हुँदैछन् ।
कीर्तिपुर मैदानमा सेमिफाइनल खेलमा विभागीय टिम त्रिभुवन आर्मी र एपीएफ क्लब खेल्दैछन् ।
समूह ‘ए’ मा रहेका आर्मी र एपीएफले अहिलेसम्म तीन खेल खेलेकोमा जित निकालेका छन् ।
आज हार्ने टोलीले वाग्मतीसँग फाइनल पुग्न प्रतिस्पर्धा गर्नेछ । त्यस्तै बिहान ९ बजे मुलपानी मैदानमा हुने अर्को खेलमा नेपाल पुलिस क्लब र प्रदेश(२ खेल्दैछन् । समूहमा ‘बी’ मा रहेको पुलिसले तीन खेल खेलेकामा दुई खेल जितेको छ भने एकमा हार व्यहोरेको छ ।
तीन खेल खेलेको प्रदेश(२ ले एउटा पनि खेल जितेको छैन । प्रदेश(२ प्रतियोगिताबाट बाहिरिसकेको छ । यसअघि हिजो भएको खेलमा बराबरी खेल्दै वाग्मती र लुम्बिनीले अंक बाँडेका छन् । वाग्मतीले चार खेलमा सात अंक जोडेको छ ।
पाँच अंक जोडेको लुम्बिनीले भने अन्तिम चारमा स्थान बनाउन पुलिस र प्रदेश(२ बीच हुने खेलको नतिजा कुर्नुपर्ने भएको छ । पुलिसले प्रदेश(२ लाई हराएमा लुम्बिनीलाई उछिनेर समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुग्नेछ ।


खबर सबै
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन
-
आज, भोलि र पर्सि लुम्बिनी प्रदेश सहित केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना







प्रतिक्रिया