

ओली समुहले घुडाँ टेक्छ : योगेश भट्टराई



काठमाडौं, माघ ६
नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहका नेता योगेश भट्टराईले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेतृत्व गरेको पार्टी आधिकारिक भएको दाबी गरेका छन्।
काठमाडौंमा आयोजित प्रेस संगठन नेपालको दोस्रो भेलालाई सम्बोधन गर्दै भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली गुटतिर लागेको र प्रचण्ड–नेपालले नेतृत्व गरेका नेकपा आधिकारिक भएको बताएका हुन्।
‘ओलीले पार्टी एकता मन नपरेपछि भत्काएर गुटतिर लागे,’ भट्टराईले भने, ‘अहिले हामी आधिकारिक हौँ। त्यसको नेतृत्व अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले गरिराख्नुभएको छ।’
नेता भट्टराईले कम्युनिस्ट पार्टी एकतावद्ध भएर जानका लागि अब आफ्नो पक्षमा जिम्मेवारी आइपरेको बताए। मुलुक र समाजको रक्षाको लागि एकताबद्ध भएर लाग्नुपर्ने उनले तर्क गरे।
‘ओलीको कदमले घुँडा टेक्छन्, धेरै ठूलो धक्का दिनु पर्दैन’ नेता भट्टराईल भने, ‘ओलीले असंवैधानिक कदम चालेका छन्। त्यो कदमबाट उनी धेरै दिन अगाडि बढ्न सक्दैनन्।’


खबर सबै
-
लुम्बिनी सरकारको ठूलो निर्णय : घरेलु कार्यालयमै पाइनेछ यातायात सेवा
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन






प्रतिक्रिया