

प्रिमियर लिग : आर्सनलसँग न्यूक्यासल ३-० गोल अन्तरले पराजित






काठमाण्डौ,माघ ६
इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल विजयी भएको छ ।
गएराति भएको खेलमा आर्सनलले न्यूक्यासललाई ३–० गोल अन्तरले पराजित गरेकाे हाे । आर्सनलका लागि पिएरे एम्रिक औबामियाङले दुई गोल गरे हुन् ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५० औं मिनेटमा पिएरेले पहिलाे गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । यस्तै बुकायो साकाले खेलको ६० औं मिनेटमा एक गोल गरे । खेलको ७७ औं मिनेटमा पिएरेले दोस्रो गोल गर्दै आर्सनललाई ३-० को सहज जित दिलाए ।
जितसँगै आर्सनल अंक तालिकाको १० औँ स्थानमा पुगेको छ । १९ खेलमा २७ अंक जोडेको आर्सनलले एस्टोन भिल्लालाई पछि पार्दै १० औँ स्थानमा उक्लिएको हो । आर्सनलसँग पराजित न्यूक्यासल भने तालिकाको १५ औँ स्थानमा छ ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया