

बार्सिलोनालाई हराउँदै बिल्बाओले जित्यो सुपर कपको उपाधि, मेस्सीलाई रातो कार्ड






खेल खबर, माघ ५
क्याटलान क्लब बार्सिलोनामाथि रोमाञ्चक जित निकाल्दै एथ्लेटिक बिल्बाओले स्पेनिस सुपर कप फुटबलको उपाधि जितेको छ । गएराति भएको खेलमा बार्सिलोनालाई ३-२ गोल अन्तरले पराजित गर्दै बिल्बाओले सुपर कपको उपाधि जितेको हो ।
बार्सिलोना उपाधि मुखमा पुगेर अन्तिम समय सम्हालिन नसक्दा बिल्बाओले उपाधि उचाल्यो । खेलको ८९औं मिनेटसम्म बार्सिलोना २-१ ले अघि थियो । ९० औं मिनेटमा बिल्बाओले गाेल गरेपछि ९० मिनेटको खेल २-२ मा सकिएकाे थियाे ।
त्यसपछि खेलमा ३० मिनेटको समय थपिएको थियो । थप समयमा बिल्बाओले तेस्रो गोल गर्दै सुपर कपकाे उपाधि जित्याे ।
बिल्वाओलाई च्याम्पियन बनाउन ओस्कार डि मार्काेस, एसिएर भिल्लालिब्रे र इनाकी विलियम्सले गोल गरे । बार्सिलोनाका लागि दुवै गोल एन्टोइन ग्रिजमनले गरेपनि उपाधिका लागि पर्याप्त भएन ।
बार्सिलोनाले खेलको ४०औं मिनेटमा एन्टोइन ग्रिजमनको गोलबाट अग्रता लिएको थियो । उनले कप्तान लियोनेल मेस्सीको पासमा गाेल गरेका थिए । तर, बार्सिलोनाको त्यो अग्रता लामो समय टिकेन । ४२औं मिनेटमा इनाकी विलियम्सको पासमा ओस्कार डि मार्काेसले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए ।
७७औं मिनेटमा ग्रिजमनले नै व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए । उनले जोर्डी अल्वाको पासमा गोल गरेका थिए । ९०औं मिनेटमा सब्सिच्युट एसिएर भिल्लालिब्रेले इकर मुनिएनको पासमा गोल गर्दै खेललाई २-२ गोलको बराबरीमा ल्याउदै अतिरिक्त समयमा लम्ब्याए ।
अतिरिक्त समयको तेस्रो मिनेट अर्थात ९३औं मिनेटमा इनाकी विलियम्सले इकर मुनिएनको पासमा गोल गर्दै बिल्वाओलाई ३-२ को अग्रता दिलाए । त्यसपछि दुवै टाेलीबाट गाेल हुन नसक्दा बिल्बाओ उपाधि जित्याे ।

बार्सिलोनाका कप्तान लिओनल मेस्सीले थप समयमा रातो कार्ड पाएका थिए । बिल्वाओका खेलाडीलाई हातले धकेल्दै लडाएपछि रेफ्रीले भिएआरको सहायता लिदै मेस्सीलाई रातो कार्ड देखाउदै मैदान बाहिर पठाएका थिए ।
बिल्वाओको यो तेस्रो सुपरकप उपाधि हो । यसअघि बिल्वाओले १९८४ र २०१५ मा उपाधि जितेको थियो । बार्सिलोनाले सर्वाधिक १३ पटक सुपरकपको उपाधि जितेको छ ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया