

ग्यास लिक भएर आगलागी हुँदा दाङमा दुईजना घाइते



दाङ ।
दाङमा ग्यास लिक भएर आगलागी हुँदा २ जना गम्भीर घाइते भएका छन्। जिल्लाको तुलसीपुर उप(महानगरपालिका वडा नम्बर १७ वनकट्टामा बिहीबार बिहान ग्यास लिक भएर आगलागी भएको हो।
आगोलागीमा ४४ वर्षीय वसन्त वली र उहाँकी श्रीमती गीता वली गम्भीर घाइते हुनुभएको छ । गम्भीर घाइते २ जनालाई तुलसीपुर स्थित राप्ती लाइफ केयरमा सामान्य उपचार पछि थप उपचारको लागि काठमाडौं रेफर गरिएको छ ।
ब्रोइलर कुखुराको बच्चाहरुलाई न्यानो बनाउने क्रममा लिक भएको ग्यासबाट आगलागी हुदाँ उनीहरु जलेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिव बहादुर सिंहले जानकारी दिनुभयो ।
ग्यास लिक भएर आगलागी हुँदा ब्रोइलर कुखुरा पालेको घर र कुखुरा पुर्ण रुपमा नष्ट भएको छ। बिहान करिव ४ बजे भएको आगो नियन्त्रण गर्न दमकलको समेत प्रयोग गरिएको थियो ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया