

बाँकेको कोहलपुरमा विपन्न परिवारलाई पक्की घर



बाँके ।
बाँकेको कोहलपुर नगरपालिकामा विपन्न समुदायका ६१ परिवारले पक्की घर पाएका छन् । स्थानीय चिडिमारलगायत दलित, लोपोन्मुख समुदायका लागि वडा नम्बर १२, १४ र १५ वडामा घर बनाइएका हुन् ।
प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जनता आवास ९चिडिमार० कार्यक्रमअन्तर्गत बरन्डा र शौचालयसहित दुईकोठे घर बनाइएको हो ।
सहरी विकास तथा भवन कार्यालय बाँकेका प्रमुख रामआश्रय साहले आर्थिक वर्ष २०७६र७७ मा कार्यक्रमअन्तर्गत ६१ वटा घर बनाएर हस्तान्तरण गरिएको बताए । उनका अनुसार वडा नम्बर १२ मा ३४ वटा, १४ नम्बरमा १५ वटा र १५ नम्बरमा १२ वटा घर बनाइएका हुन् ।
कोहलपुर नगरपालिका–१४ का वडा सदस्य जहगिर अली साईका अनुसार परम्परागत रूपमा चरा मारेर खाने चिडिमार समुदाय अहिले ज्याला–मजदुरीबाट जीविका चलाउँछन् । उक्त वडामा चिडिमारका ३३ घर छन् । उनीहरू त्यहाँ डेढ सयजति संख्यामा छन् ।
खरको छानामुनि बसेका उनीहरूले पक्की घरसँगै भरपर्दो ओत पाएको बताए । ‘घर त पाइयो, अब जीविका निर्वाहका लागि रोजगारी पनि सरकारले दिनुपर्यो,’ स्थानीय नन्कु चिडिमारले भने, ‘बालबच्चा पाल्न काम नभएर हामीलाई मुस्किल छ ।’
सहरी विकास तथा भवन कार्यालयका अनुसार आर्थिक वर्ष २०७६र७७ मा संघीय ससर्त अनुदानतर्फ ४३ वटा घर बनेका छन् । कोहलपुर–३ मा ५ वटा, वडा नम्बर १२ मा १० वटा, वडा नं १३ मा २८ वटा घर बनाइएका छन् । आर्थिक वर्ष २०७७र७८ का लागि वडा नम्बर १२ मा ११ वटा घर बनाउने सम्झौता भएको छ । कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७५र७६ मा ३३ वटा घर बनेका थिए । वडा नम्बर १५ मा १४ र वडा नम्बर १४ मा १९ घर छन् ।
सहरी विकास तथा भवन कार्यालयका प्रमुख साहले बाँके र बर्दियामा प्रदेश जनता आवास समन्वय समितिको निर्णयअनुसार १ हजार ३७ र पुरानो संघीय कार्यालयबाट निर्माणाधीन ८ सय २९ वटामध्ये १ हजार ३ सय ५५ वटा घर निर्माण गरिएको सुनाए ।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया