घोराही उपमहानगरपालिकाले ल्यायो उपप्रमुख खुत्रुके बचत कार्यक्रम

दाङ ।
दाङको घोराही उपमहानगरपालिकाले मातृशिशु स्वास्थ्यको कार्यविधी बनाएर आमा र बच्चाको स्वास्थ्य सुरक्षामा लगानी गर्न लागेको छ ।

उपप्रमुख खुत्रुके बचत कार्यक्रम कार्यविधी बनाई आमा र बच्चाको स्वास्थ्यमा लगानी गर्न लागेको हो । गर्भवती भए देखी नै आबस्यक स्वास्थ्य जाँच, पोषण, खोप लगाएतका आधाभुत स्वास्थ्य सेवालाई सुनिश्चित गर्दै आमा र बच्चाको स्वास्थ्य सुरक्षाका लागि कार्यविधी बनाउन लागेको हो ।

उक्त उपप्रमुख खुत्रुके बचत कार्यक्रम कार्यविधीको मस्यौदामा आज स्वास्थ्यकर्मी र वडा सचिबहरु विच छलफल भएको छ ।

तोकिएका सबै मापदण्डको पालना भएपछि जन्मीएको बच्चा र आमाका लागि घोराही उपमहानगरपालिकाले खुत्रुकेमा एक हजार रुपैयाँ राखेर दिने भएको हो ।

प्रतिक्रिया

खबर सबै