नेपालमा कोरोना : २४ घण्टामा २५९ मा संक्रमण, ५१३ डिस्चार्ज

काठमाडाैं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा २ सय ५९ जनामा कोरोना संक्रमण देखिएको जनाएको छ ।

आइतवार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २ सय ५९ मा नयाँ संक्रमण देखिएको र ५ सय १३ संक्रमणमुक्त भएर डिस्चार्ज भएको जानकारी दिए ।

उनका अनुसार पछिल्लो २४ घण्टामा ५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । कोरोनाका कारण हालसम्म ज्यान गुमाउनेको संख्या १९ सय १७ पुगिसकेको छ ।

नेपालमा हालसम्म २ लाख ६४ हजार ७८० जनामा कोरोना संक्रमण देखिएको छ भने ९७ प्रतिशत भन्दा बढी निको भइसकेका छन् ।

प्रतिक्रिया

खबर सबै