रामदतिवनको अध्यक्षमा अर्याल चयन

नवराज बेल्वासे, पुस २५

कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका ९ मा रहेको धार्मिक तथा पर्यटकीय स्थल रामदत्तिवन धामको विशेष अधिवेशन सम्पन्न गरेको छ । साधारण सभा भने मंसिर २७ गते नै सम्पन्न भएको थियो । सहमति जुट्न नसके पछि अधिवेशन भने तत्कालका लागि स्थगित गरिएको थियो । आज विशेष भेलाबाट अधिवेशन सम्पन्न भएको छ ।

वाणगंगा नगरपालिका वडा नं. ९ का अध्यक्ष धुव्र बेल्वासेको अध्यक्षता रहेको कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, कपिल आरोग्य मन्दिर कपिलधामका अध्यक्ष, विभिन्न विद्यालयका प्रतिनिधि, धामका संस्थापक अध्यक्ष, वनका प्रतिनिधि, टोल विकास संस्थानका प्रतिनिधि, लायन्स क्लवकि सदस्य निशा ज्ञवाली लगायतको आथितियता कार्यक्रममा रहेको थियो । कार्यक्रममा वडाध्यक्ष धुव्र बेल्वासे, जसपाका केन्द्रिय सदस्य नारायण खनाल, संस्थापक अध्यक्ष जन्दिर प्रसाद चौधरी, कपिल आरोग्य मन्दिर कपिलधामका अध्यक्ष शंकर प्रसाद आचार्य लगायतले कार्यक्रममा शुभकामना मन्तव्य राख्नुभएको थियो ।

यस्तै भेलाले शनिबार आर्थत (आज) रामदतिवन धामका लागि ११ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ । चुरामणि अर्याल अध्यक्ष रहेको नवगठित समितिको उपाध्यक्ष ऋषिकेश पोख्रेल, सचिवमा प्रेम नारायण पाण्डे, कोषाध्यक्षमा चन्द्रवती थारु, सह–सचिवमा दिनेश कार्किलाई चयन गरेको हो । त्यस्तै समितिको सदस्यहरुमा यदुनाथ शर्मा, सिता कुमारी पोख्रेल, मन्जु भुसाल, तिलमाया खड्का र कमल बेल्वासे चयन हुनुभयो ।
यस्तै भेलाले लेखा समितिमा लक्ष्मण रायमाझीको संयोजक रहने गरी कमला पाण्डे क्षेत्री र गोपाल गिरीलाई सदस्यमा चयन गरेको छ ।

 

 

प्रतिक्रिया

खबर सबै