

आँखाको ज्योति कमजोर छ ? अब यसरी जोगाउनुहोस





एजेन्सी ।
तपाईं आँखाको दृष्टि बढाउनका लागि उपायहरू खोज्दै हुनुहुन्छ रु आँखा कमजोर छन् भने त्यसलाई बलियो बनाउनका लागि सरल र प्राकृतिक अभ्यासको खोजीमा हुनुहुन्छ रु
यहाँ बताइएका उपाय अपनाउनुभयो भने तपाईंले चस्मा प्रयोग नगरिकनै दृष्टि बढाउन सक्नुहुन्छ ।
खासमा कुनै मांसपेशी प्रयोग गरिएन भने त्यो कमजोर हुँदै जान्छ । त्यसैले आँखाको मांसपेशीलाई पनि व्यायामको मौका दिनुपर्छ ।
आँखालाई लगातार काममा दिनभरि लगाइरहनु हुँदैन । प्रत्येक दुई घन्टामा केही मिनेटका लागि आँखा बन्द गर्नुस् ।
माथि दिइएको चित्र अनुसारको अभ्यास क्रमैसँग गर्नुस् ।
चस्मा लगाउनुहुन्छ भने लगाउने समय घटाउनुस् । चस्माले हाम्रो आँखाको प्रयासलाई प्रायः घटाउँछ । त्यसैले दृष्टि बढाउनका लागि सकेसम्म चस्मा खोल्नुस् ।
गाजरको जुस दिनदिनै सम्भव भएसम्म पिउनुस् । थप फाइदाका लागि तपाईंले जुसमा जैतूनको तेल पनि हाले हुन्छ । यसो गर्दा गाजरका पोषक तत्त्व तपाईंले सोस्न सक्नुहुुन्छ ।
माथि चित्रमा बताइएअनुसार आँखाको मालिश गर्नुस् । माझी औंलो र चोर औंलोले मालिश गर्नुहोला । मालिश गर्दा हल्का मात्र दबाब दिनुहोला ।
खुल्ला हावामा हिँड्दा टाढातिर दृष्टि फ्याँक्नुस् । आफ्नो खुट्टामा हेर्नुभन्दा परका कुरा हेर्नु ठीक हुन्छ ।
आँखालाई मनतातो पानीले धुनुस् । यसो गर्दा आँखाको थकाइ मेटिन्छ र तपाईं ताजा महसूस गर्नुहुन्छ ।
ल्यापटप वा टिभीमा घन्टौं नझुण्डिनुस् । राति सुत्नुअघि स्मार्टफोन नहेर्नुस् अनि राति निद्रा खुल्यो भने स्मार्टफोन हेर्न नथाल्नुस् ।
त्राटक गर्न थाल्नुस् । तर १२ देखि १५ मिनेटभन्दा बढी नगर्नुस् ।


खबर सबै
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई











प्रतिक्रिया