कपिलवस्तुबाट काठमाडौं जाँदै गरेको गाडीबाट स्रोत नखुलेको अवैध रकम सहित एक प्रकाउ

काठमाडौं , पुस २०

काठमाडौंको नागढुङ्गाबाट प्रहरीले स्रोत नखुलेको डेढ करोड रुपैयाँसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

सोमबार बिहान नागढुङ्गाबाट प्रहरीले कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको निजी गाडीबाट बरामद भएको महनगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख एआइजी हरिबहादुर पालले जानकारी दिए।

उनका अनुसार भारतीय नागरिक अमितकुमार गुप्ताबाट एक करोड ४७ लाख रकम बरामद भएको हो।

सो रकमको स्रोत नखुलेपछि आवश्यक अनुसन्धानका लागि गुप्तालाई पक्राउ गरिएको पालले बताए।

पक्राउ परेका ती व्यक्तिमाथि अनुसन्धान भइरहेको उनले बताए।

प्रतिक्रिया

खबर सबै