

मेस्सी फर्किदा बार्सिलोना विजयी, शीर्ष स्थानमा एथ्लेटिको





एजेन्सी,पुस २०
लियोनेल मेस्सी पुनः टोलीमा फर्किएर विजयी गोलका लागि अवसर सिर्जना गरेपछि बार्सिलोनाले ला लिगाको पुछारको टोली हुएस्काविरुद्ध संघर्षपूर्ण जीत हासिल गरेको छ ।
जीतसँगै बार्सिलोना ला लिगाको पाँचौ स्थानमा उक्लिएको छ । यद्यपि, एक खेल कम खेलेको एथ्लेटिको म्याड्रिडभन्दा १० अंकले पछि परेको छ ।

उता खेलको अन्तिम मिनेटमा गोल गर्दै लुइस सुवारेजले एथ्लेटिको म्याड्रिडलाई आलाभेसमाथि २–१ को जीत दिलाएका छन् । जीतसँगै एथ्लेटिको लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
खेलको पहिलो हाफमा मार्कस लोरेन्टेले गोल गर्दै एथ्लेटिकोलाई अग्रता दिलाएका थिए । तर, खेलको ८४ औँ मिनेटमा फिलिपेले आत्मघाती गोल गरेपछि खेल बराबरीतर्फ उन्मुख भएको थियो । त्यसपछि खेलको अन्तिम मिनेटमा जोआ फेलिक्सको क्रसमा सुवारेजले गोल गर्दै टोलीलाई तीन अंक दिलाए ।
जीतसँगै एथ्लेटिकोले रियल म्याड्रिडलाई शीर्ष स्थानमा पुनः २ अंकले उछिनेको छ । एथ्लेटिकोले रियलभन्दा २ खेल कम खेलेको छ ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया