

रोनाल्डोले २ गोल गरे पनि युभेन्ट्स अन्तिम १६ बाटै बाहिरियो, लियोन अन्तिम ८ मा


ई–साझाकुरा, साउन २४
स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले घरेलु मैदानमा भएको अन्तिम १६ को दोस्रो लेगमा दुई गोल गरे पनि युभेन्ट्स च्याम्पियन्स लिगबाट बाहिरिएको छ।

शुक्रबार अबेर राति भएको दोस्रो लेगमा फ्रेन्च क्लब लियोनलाई २-१ गोलले पराजित गरे पनि युभेन्ट्स अवे गोलमा पछि पर्दै अन्तिम १६ बाटै बाहिरियो।
यसअघि पहिलो लेगमा लियोन १-० ले विजयी भएको थियो। जसका कारण समग्रमा खेल २-२ गोलको बराबरीमा टुंगियो। लियोनले दोस्रो लेगमा युभेन्ट्सको मैदानमा गरेको गोलको फाइदा उठायो।
शुक्रबार राति रोनाल्डोले ४३ मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरे। उनले ६० मिनेटमा दोस्रो गोल गरेका थिए।
त्यसअघि लियोनका डिपेले १२ मिनेटमा पेनाल्टीबाट गोल गर्दै आफ्नो टिमलाई पहिले अग्रता दिलाएका थिए। सोही गोलमा लियोन अन्तिम ८ मा पुग्यो।
अब लियोनले रियल म्याड्रिडलाई हराएको म्यानचेस्टर सिटीसँग अन्तिम ८ मा खेल्नेछ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया