

चुनाव अहिलेको एकमात्र राजनीतिक निकास हो– अर्थमन्त्री पौडेल



पुस १९, रूपन्देही ।
अर्थमन्त्री एवं नेकपा महासचिव विष्णु पौडेलले आगामी जेठ महिनाको पहिलो सातासम्ममा नयाँ जनादेश अनुसारको सरकार बन्ने बताएका छन् ।
प्रतिनिधि सभा पुनःस्थापनाको सम्भावना नरहेको र चुनाव अहिलेको एकमात्र राजनीतिक निकास भएको उनले बताए ।
नेकपा रूपन्देही जिल्लाका अगुवा कार्यकर्ता भेलालाई आइतवार बुटवलमा सम्बोधन गर्दै महासचिव पौडेलले चुनाव हुन्छ कि हुँदैन भनेर अलमलमा नबस्न कार्यकर्तालाई निर्देशन समेत दिए ।
आफूहरूले स्वतन्त्र न्यायालय र शक्तिपृथकीकरणको सिद्धान्तमा विश्वास गर्ने भएपनि प्रतिनिधि सभा पुनःस्थापनाको सम्भावना नरहेको जिकिर उनले गरे ।
महासचिव पौडेलले आसन्न निर्वाचनमा आफूहरूले दुईतिहाइ बहुमत ल्याउने दाबी गरे । महासचिव पौडेलले केन्द्रमा असर देखिएपनि नेकपा विभाजनको प्रभाव रुपन्देहीमा नपरेको बताए ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया