

सन्दिपको अस्ट्रेलियन घरेलु क्रिकेट लिग बिग बासमा राम्रो सुरुवात पहिलो खेलमै लिए २ विकेट


काठमाण्डौँ, पुस १८
अस्ट्रेलियन घरेलु क्रिकेट लिग बिग बास अन्तर्गत शनिबार सम्पन्न खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टिम होबार्ट हरिकेन्सले मेलवर्न स्टार्सलाई २१ रनले पराजित गर्दै अंक तालिकामा अग्रस्थानमा रहन सफल भएको छ।
लामिछानेको पहिलो उपस्थिति होबार्टको लागि निकै उपलब्धीमूलक रह्यो। उनले पुरानो क्लबविरूद्धको खेलमा कसिलो बलिङ गर्दै महत्वपूर्ण दुई विकेट हात पारे।कोरोनाको कारण अस्ट्रेलियन घरेलु क्रिकेट लिग बिग बासको प्रारम्भमा अस्ट्रेलिया आउन नपाएका नेपाली लेग स्पिनर सन्दीप लामिछाने क्वारेन्टाइनमुक्त भएपछि शनिबार घरेलु मैदानमा पहिलो खेल खेलेका हुन्।
प्रारम्भमा मेलवर्न स्टार्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गर्न आएको होबार्ट हरिकेन्सले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाउँदै १६४ रन जोडेको थियो। होबार्टको जितमा बेन म्याकड्रेमट र डविड मलानको उत्कृष्ट ब्याटिङ सरानीय रह्यो।
बेनले ३१ रन जोडे भने मलानले ५६ बल खेलेर शानदार ७५ रन जोडेका थिए। यस्तै, दोस्रो ब्याटिङ गर्न उत्रेको मेलबर्न स्टार्स भने २० ओभरमा ९ विकेट गुमाउँदै १४३ रनमा सीमित हुन पुगेको थियो।मेलबर्न स्टार्सका लागि कप्तान ग्लेन म्याक्सवेलले ३७ बलमा ७० रन जोडे पनि टिमलाई जिताउन सकेनन्।
उनले ५ छक्का र ६ चौका प्रहार गर्दै टिमलाई महत्वपूर्ण योगदान दिएका थिए।लामो समयपछि मैदानमा उत्रेका नेपाली लेग स्पिनर सन्दीप लामिछाने केही महँगो साबित भए पनि महत्वपूर्ण दुई विकेट हात पारे।
सन्दीप लामिछानेले भने चार ओभर बलिङ गर्दै ३८ रन खर्चेर पुरानो टिमविरूद्ध दुई विकेट लिएका थिए। अर्का बलर स्कट बोलान्डले महत्वपूर्ण तीन विकेट लिएर होबार्टको जित सहज बनाएका थिए। सन्दीपको टोली होबार्ट हुरिकेन्सले आगामी जनवरी ४ मा पुन ब्रिजबेनमा मेलवर्न स्टार्ससँंग खेल्ने कार्यक्रम रहेको छ।


खबर सबै
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन









प्रतिक्रिया