

कपिलवस्तुको वाणगंगामा प्रहरीको छापा, लागु औषध सहित २ जना रंगेहात समातिए


कपिलवस्तु, पुस १७
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ बोडगाउँमा प्रहरीले शुक्रबार साझँ छापा मारेको छ । लागु औषध कारोबारीको शंकामा वडाको बालापुरस्थित एक घरमा छापा मार्दा लागु औषधसहित सुरज थापा र विकास परियार नाम गरेका २ युवक रंगेहात समातिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक दिनेश गुरुङको कमाण्डमा खटिएको टोलीले साँझ ७ बजेतिर शंकास्पद घरमा छापा मारेको थियो ।
कारोबारीले बोडगाउँमा एक घर नै डेरा लिएर लागु औषध ओसारपसार गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । उनीहरुको साथबाट केही लागु औषध र नगद पनि बरामद भएको छ । लागु औषधको प्रकार र परिणामबारे भने प्रहरीले अहिलेसम्म खुलाएको छैन् । घटना बारे थप अनुसन्धान जारी छ ।
अहिले उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको गुरुङले बताएका छन् । दुई जनामध्ये एक जनाको घर पुलचोक रहेकोमा त्यहाँ पुगेर पनि प्रहरीले खोजतलास गरेको थियो । त्यहाँबाट पासपोर्ड समेत भेटिएको प्रहरीको भनाई छ ।


खबर सबै
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ
-
कपिलवस्तुमा ‘पञ्जाबी तड्का’को तीज धमाका, ५ सयदेखि १ हजारमै स्वादिष्ट स्पेशल प्याकेज
-
टप एन्ड सिरिज अन्तर्गत आज नेपाल ए ले होबर्ट हुरिक्यान्स एकेडेमीसँग खेल्दै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट






प्रतिक्रिया