कपिलवस्तुको ओदारीमा शंकास्पद बस्तु फेला

पुस १७, कपिलवस्तु

कपिलवस्तुको वाणगंगा नगरपालिका ११ ओदारीमा बम फेला परेको छ । ओदारी स्थित प्रोजेक्ट टोलमा स्थित शान्तिदेवि उपाध्यको घर मुनि मुल गेटमा शंकास्पद बस्तु फेला परेको हो ।

शंकास्पद बस्तु फेला परेको ठाउँमा ईलाका प्रहरी पिपराबाट गएको टोलिले सुरक्षा दिएको छ । घटना सम्बन्धि थप अनुसन्धानका लागि नेपाली सेना घटना स्थल पुगि सकेको र शंकास्पद बस्तु बम हो वा अरु केही हो अझै एकिन नभएको ईलाका प्रहरी प्रमुख दिनेश गुरुङले बताउनु भएको छ ।

प्रतिक्रिया

खबर सबै