

वीरगन्जको अस्पतालमा मृत्यु भएका वृद्धमा कोरोना पुष्टि



ई-साझाकुरा, साउन २३
वीरगन्जस्थित नारायणी अस्थायी कोभिड अस्पताल गण्डकमा उपचाररत् ७४ वर्षीय वृद्धको मृत्युपछि कोरोना पुष्टि भएको छ।

वीरगन्ज छपकैया निवासी उनको बिहीबार राति साढे एक बजे मृत्यु भएकोमा पछि कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको अस्पतालका संयोजक डा. उदयनारायण सिंहले जानकारी दिए।
वृद्धलाई वीरगन्जकै एड्भान्स अस्पतालबाट बिहीबार राति ‘रिफर’ गरिएको थियो। उनी दम, मधुमेहका रोगी थिए।
केही दिनदेखि ज्वरो र सास फेर्न समस्या देखिएपछि उनी एड्भान्समा भर्ना भएका थिए।योसँगे कोरोनाबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ। आजै पाटन अस्पतालमा पनि दुई जना संक्रमितको मृत्यु भएको थियो। मृृृत्युु हुनेमा सुनौलीका ४५ वर्षीया महिला र सर्लाहीका ४१ वर्षीय पुरुष हुन्।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया