

आंशिक नियन्त्रणमा आएको पाथीभरा मन्दिर क्षेत्रको जंगलमा लागेको आगो फेरि दन्किए


ई-साझाकुरा, पुस २३
आंशिक नियन्त्रणमा आएको ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रको जंगलमा लागेको आगो फेरि दन्किएको छ । चार दिनदेखि लागेको आगलागी अझै पुर्णरुपमा नियन्त्रणमा आउन नसकेको हो ।
आईतबार स्थानीय बासिन्दासहित नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरी को टोलीले आंसिक रुपमा नियन्त्रणमा लिएको र मन्दिर आसपासको क्षेत्र खतरामुक्त देखिएको थियो । तर सोमबार (आज) विहानदेखि फेरि आगो सल्किएको हो ।
अहिले आगो मन्दिरको क्षेत्रमा पुगिसकेको बताईएको छ । तर मन्दिर भने खतरामुक्त रहेको स्थानिय मिङ्मा शेर्पाले टेलिफोन मार्फत जानकारी दिनुभयो । फुङलिङ नगरपालिका ११ फावाखोला स्थित पाथीभरा सिम्बू सामुदायिक बन बाट सल्किएको आगो निभाउन चारदिन देखि स्थानीय बासिन्दा सहित नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरी को टोली खटिएका छन् ।
यता मानविय प्रयासले आगो नियन्त्रणका लागि सम्भव नभएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईले बताउनुभयो । प्रजिअ चापागाईका अनुसार पाथिभरा मन्दिरलाई जोगाउनको लागि जिल्ला सदरमुकामबाट थप सुरक्षा निकायका जनशक्ति परिचालन गरिएको छ । आगलागि क्षेत्र मूख्य गरि बन्यजन्तु रेडपाण्डाको बास स्थानका रुपमा लिने गरिएको छ ।
आगलागीले बहुमूल्य जटिबुटि तथा बनस्पती साथै विभिन्न प्रजातिका बोटविरुवा नष्ट भएकाछन् । तर के कति क्षति भयो भन्ने एकिन गरिएको छैन । आगलागिको कारण समेत खुलेको छैन । यस्तै बन्यजन्तु साथै उनिहरुको बासस्थानमा समेत असर पुगेको छ । यता आगलागिका कारण खानेपानीको पाईप जल्दा माथिल्लो फेदिका स्थानीयबासी भने समस्यामा परेकाछन् । खानेपानीका लागि ल्याईएको पाईप झण्डै ४ सय मिटर जलेर नष्ट भएको बताईएको छ ।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया