

नेकपा कपिलवस्तुले पार्टीको दैनिक सेवा र गतिविधिमा रोक लगायो



ई–साझाकुरा कपिलवस्तु , साउन २३
नेपाल कम्युनिष्ट पार्टी नेकपा कपिलवस्तुले जिल्लामा पार्टीको दैनिक सेवा तथा गतिविधि बन्द गरेको छ ।
कोभिड १९ का कारण सिंगो राष्ट्र नै आक्रान्त बनेको र जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले आब्हान गरेको कडाई सँगै नेपाल कम्युनिष्ट पार्टी नेकपा कपिलवस्तुले आफ्नो दैनिक सेवालाई बन्द गरेको जनाएको हो ।
जिल्ला सदरमुकाम तौलिहवा स्थित आफ्नो जिल्ला पार्टी कार्यालयबाट प्रवाह गर्दै आएको दैनिक सेवा तथा गतिविधी लकडाउन अवधीभरका लागि बन्द गर्ने निर्णय गरेको नेकपाका जिल्ला पार्टी कार्यालय सचिव धर्मराज भुसालले जानकारी दिनुभयो ।
यसै बीच नेकपा कपिलवस्तुका जिल्ला अध्यक्ष झविलाल पाख्रेल र जिल्ला सचिव रामचन्द्र शाह (विष्ण) द्धारा जारी एक संयुक्त प्रेस विज्ञप्ती मार्फत कोभिड १९ बाट आफु सुरक्षित रहन र समुदायलाई सुरक्षित राख्ने कार्यमा सक्रिय रहन कार्यकर्तामा अपिल गरीएको छ ।
कोभिड १९ नियन्त्रण सबैको साझा प्रयत्नबाट मात्र संभव रहेको उल्लेख गर्दै यसको नियन्त्रणमा आम नागरिकको महत्वपूर्ण भूमिका रहने विज्ञप्तिमा उल्लेख छ । कोरोनाको जोखिम बढिरहेकाले सचेत रहन पार्टीले आग्रह गरेको नेकपा जिल्ला प्रचार तथा प्रकाशन विभाग प्रमुख लक्ष्मण बेल्बासेले जानकारी दिनुभयो ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया