

५९ वर्षअघिको कीर्तिमान पनि बराबरी, रोनाल्डोले गरे पार्मा विरुद्ध दुई गोल



खेल, पुस ५

क्रिस्टियानो रोनाल्डो इटालियन सिरिए ए को एक क्यालेन्डर वर्षमा कम्तिमा ३३ गोल गर्ने मात्र चौथो खेलाडी बनेका छन् । पार्माविरुद्ध ४–० को जीत निकाल्ने क्रममा दुई गोल गर्दै रोनाल्डोले उक्त उपलब्धि हासिल गरेका हुन् ।
३५ वर्षीय खेलाडीले प्रत्येक हाफमा गोल गर्दै युभेलाई जीत दिलाए । जीतसँगै युभेले दोस्रो स्थानमा रहेको इन्टर मिलानसँग अंक बराबरी गरेको छ भने शीर्ष स्थानमा रहेको एसी मिलानभन्दा एक अंकले पछि रहेको छ । यद्यपि, दुवै टोलीले एक खेल खेल्न बाँकी रहेको छ ।
योसँगै युभेन्टसका फरवार्डले ओमार सिभिओरीले सन् १९६१ मा बनाएको एक क्यालेन्डर वर्षमा ३३ गोलको रेकर्ड बराबरी गरे । उनीभन्दा अघि गुनार नोर्डाहल (३६ गोल, १९५०) र फेलिस बोरेल (४१ गोल, १९३३) रहेका छन् ।
मंगलबार युभेन्टसले फ्लोरेन्टिनाविरुद्ध खेल्दैछ । सो खेलमा गोल गरे रोनाल्डो यो सूचीमा अझै माथि उक्लिन सक्नेछन् ।
यो सिजन सिरिए ए को ९ खेलमा रोनाल्डोले १२ गोल गर्नका साथै एउटा गोलको अवसर सिर्जना गरेका छन् ।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया