नेपालमा वर्षकै सबैभन्दा न्यूनतम तापक्रम, जुम्लामा माइनस ७ डिग्री सेल्सियस

काठमाडौं, ४ पुस । केही दिनयता देशभर चिसो बढिरहेको छ । काठमाडौं उपत्यकामा पनि तापक्रम ओरालो लागिरहेको छ । आज (शनिबार) काठमाडौंको न्यूनतम तापक्रम अहिलेसम्मैकै कम १.६ डिग्री सेल्सियस पुगेको छ । काठमाडौंको अधिकतम तापक्रम १७.७ डिग्री सेल्सियस रहेको छ ।

नेपालमा अहिले सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस ७ डिग्री सेल्सियस पुगेको छ । त्यस्तै, जोमसोमको न्यूनतम तापक्रम माइनस ३ डिग्री सेल्सियस रहेको छ भने जिरीको माइनस ३.५ डिग्री सेल्सियस रहेको छ ।

दिपायलको न्यूनतम तापक्रम ०.७ डिग्री सेल्सिय रहेको छ भने वीरेन्द्रनगरको न्यूनतम तापक्रम १.८ रहेको छ । ताप्लेजुङको न्यूनतम तापक्रम २.८ डिग्री सेल्सियस रहेको छ । आज दिउँसो प्रदेश नम्बर १, वाग्मती प्रदेश तथा गण्डकी प्रदेशका केही ठाउँमा आंशिक बद्ली रहने सम्भावना छ ।

नेपालमा हाल उत्तर–पश्चिमी वायुको प्रभाव रहेको छ । पश्चिमी तथा मध्य तराई भूभागका अधिकांश स्थानहरुमा बाक्लो हुस्सु तथा कुहिरो लागिरहेको अवस्था छ । बाँकी ठाउँको मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, आज राति प्रदेश–१, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा आंशिक बद्ली हुने अनुमान छ । अरु ठाउँको मौसम भने सामान्यतया सफा नै रहने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

खबर सबै