

नेपालमा वर्षकै सबैभन्दा न्यूनतम तापक्रम, जुम्लामा माइनस ७ डिग्री सेल्सियस


काठमाडौं, ४ पुस । केही दिनयता देशभर चिसो बढिरहेको छ । काठमाडौं उपत्यकामा पनि तापक्रम ओरालो लागिरहेको छ । आज (शनिबार) काठमाडौंको न्यूनतम तापक्रम अहिलेसम्मैकै कम १.६ डिग्री सेल्सियस पुगेको छ । काठमाडौंको अधिकतम तापक्रम १७.७ डिग्री सेल्सियस रहेको छ ।
नेपालमा अहिले सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस ७ डिग्री सेल्सियस पुगेको छ । त्यस्तै, जोमसोमको न्यूनतम तापक्रम माइनस ३ डिग्री सेल्सियस रहेको छ भने जिरीको माइनस ३.५ डिग्री सेल्सियस रहेको छ ।


दिपायलको न्यूनतम तापक्रम ०.७ डिग्री सेल्सिय रहेको छ भने वीरेन्द्रनगरको न्यूनतम तापक्रम १.८ रहेको छ । ताप्लेजुङको न्यूनतम तापक्रम २.८ डिग्री सेल्सियस रहेको छ । आज दिउँसो प्रदेश नम्बर १, वाग्मती प्रदेश तथा गण्डकी प्रदेशका केही ठाउँमा आंशिक बद्ली रहने सम्भावना छ ।
नेपालमा हाल उत्तर–पश्चिमी वायुको प्रभाव रहेको छ । पश्चिमी तथा मध्य तराई भूभागका अधिकांश स्थानहरुमा बाक्लो हुस्सु तथा कुहिरो लागिरहेको अवस्था छ । बाँकी ठाउँको मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, आज राति प्रदेश–१, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा आंशिक बद्ली हुने अनुमान छ । अरु ठाउँको मौसम भने सामान्यतया सफा नै रहने महाशाखाले जनाएको छ ।


खबर सबै
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन










प्रतिक्रिया