

पुष लागे सँगै तराईका जिल्लामा चिसो बढ्यो



पुष ४ कपिलवस्तु ।
यस वर्ष देशभरको तापक्रम घट्न थालेसँगै आज कपिलवसतु सहित देशैभर शितलहर सहित चिसो बढेको छ ।
कपिलवस्तु सहितका तराईका जिल्लामा आज बिहानैदेखि लागेको बाक्लो हुस्सु र कुहिरोका कारण जनजीवन प्रभावित बन्न पुगेको छ । नागरिकहरुको जनजीवन कष्टकर बन्न पुगेको छ । पुस महिना लागेसँगै देशभरि चिसो बढेका कारण विशेष गरी वालवालिका, बृद्धबृद्धा तथा दिर्घ रोगीहरु बढी समस्यामा पर्न थालेका छन् ।
यसैबिच उता तराईका जिल्लामा अत्यन्तै चिसो हुने र घाम नलाग्ने भए पनि अहिले नै त्यसलाई शीतलहर भन्न नमिल्ने मौसमविद् सजिना शाक्यले बताउनुभयो । दिउँसोको समयमा केहीबेर हुस्सु कुहिरो हट्ने गरेकाले शीतलहर भन्न नमिल्ने मौसमविद्ले शाक्यले बताउनु भएको हो । शीतलहर चल्नका लागि केही दिनदेखि लगातार घाम नलाग्ने, बाक्लो हुस्सु र कुहिरो लाग्ने, शिरशिर हावा चल्ने र अत्याधिक चिसो महशुस हुनुपर्ने उहाँको भनाइ छ । अहिले बिहानदेखि लागेको हुस्सु कुहिरो दिउँसोको समयमा भने केही हट्ने गरेकाले पनि शीतलहर भन्न नमिल्ने उहाँले बताउनुभयो । तर यता कपिलवस्तु जिल्लामा आज दिनै भरको मौसम अत्याधिक चिसो बन्यो जसका करण कपिलवस्तुमा जनजीवन कष्टकर बन्न पुगेको छ ।
तराईमा शीतलहरको प्रारम्भिक चरणमा देखापर्ने अवस्था भने बिस्तारै देखिन सुरु भएको मौसमविद्ले पनि बताएका छन् । तराईमा आजको पछिल्लो तापक्रम घट्दो क्रममा रहेको छ । देशभर तापक्रम घट्न थालेकाले स्वास्थ्यको ख्याल गर्न मौसमविद्को सुझाव छ । अब झन् चिसो अझै बढ्दै जाने भएकाले तातो न्यानो गरेर बस्न मौसमविद्ले सुझाव दिनुभएको हो ।
यसैबिच यता कपिलवस्तुमा केही दिन अघि बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकले चिसोबाट जोगिन स्थानिय तहहरुको माध्यमबाट कार्यक्रमहरु सांचालन गर्ने निर्णय गरेको थियो । स्थानिय तहहरुले आफ्नो पालिका भित्रका मुख्य चोकहरुमा दाउराको व्यवस्थापन गर्ने, विपन्न वर्गका नागरिकहरुका लागि न्यानो लुगा व्यवस्थापन गर्ने लगाएतका याजनाहरु सुनाएका थिए । तर अहिले सम्म भने कपिलवस्तुमा त्यस्ता कुनैपनि व्यवस्थापन हुन सकेका छैनन् । जसका कारण विद्यालय उमेरका वालवालिका, बृद्धबृद्धा तथा विपन्न समुदायहरुलाई चिसोका कारण समस्या पर्ने गरेको छ ।


खबर सबै
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने











प्रतिक्रिया