

उपत्यकामा एकै दिन थपिए १०२ संक्रमित, १६ जना सम्पर्क विहिन


ई–साझाकुरा, साउन २२
काठमाडौं उपत्यकामा बुधबार साँझसम्म १०२ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ । उपत्यकामा एकै दिन सय भन्दा धेरे व्यक्तिमा कोरोना पुष्टि भएको यो पहिलो पटक हो।
एकै पटक संक्रमितको संख्या बढ्दा अस्पतालमा शैय्या अभावले काठमाडौं उपत्यकामा मंगलबार संक्रमण पुष्टि भएका मध्ये १४ जनालाई घरमै राख्नुपरेको थियो । उनीहरूमध्ये केहीलाई बुधबार बिहान केएमसी अस्पताल दुवाकोट र कीर्तिपुरको आयुर्वेद अस्पतालको आइसोलेसनमा राखियो । उपत्यकामा बुधबार १ सय २ जना संक्रमित थपिए । यी मध्ये अधिकांश उपत्यका बाहिरबाट आएकाहरू हुन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाका अनुसार बुधबार संक्रमण देखिएका १०२ जनामध्ये १६ जना सम्पर्क विहिन छन्।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार अस्पतालमा कतै पनि बेड खाली नभएपछि घरमै बस्न चाहने लक्षण नभएकालाई अनुमति दिइएको छ । उपत्यकामा संक्रमितको संख्या बढेपछि संक्रमितको व्यवस्थापनमा भने चुनौति थपिएको छ।
कोरोना संक्रमितको व्यवस्थापनका खटिएका कर्मचारीलाई अबेर रातीसम्म संक्रमितलाई कुन अस्पतालमा लगेर व्यवस्थापन गर्ने भन्ने चिन्ता हुन्छ। उपत्यकामा संक्रमित अस्पताल पुर्याउनका लागि एम्बुलेन्सको संख्या समेत निकै कम छ। उपत्यकाका भक्तपुर, ललितपुर र काठमाडौंका लागि जम्मा ३ वटा मात्र एम्बुलेन्स व्यवस्था भएकाले समयमा सबैलाई सम्पर्क गरी अस्पताल लैजान समस्या रहेकाे छ ।


खबर सबै
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कपिलवस्तुमा मानसिक स्वास्थ्यदेखि साइबर सुरक्षासम्म सचेतना फैलाउँदै लायन्स क्लब
-
कपिलवस्तुको बाणगंगाबाट ६ थान भरुवा बन्दुक बरामद
-
पाल्पा जिप दुर्घटना : १० जना घाइते






प्रतिक्रिया