

समुदायमै कोरोना पुगेपछि प्युठानमा गरियो लकडाउन



श्रावण २२प्युठान । समुदायस्तरमा कोरोना संक्रमण देखिन थालेपछि प्युठानमा लकडाउन जारी गरिएको छ ।
पछिल्लो पटक प्रादेशिक जनस्वस्थ्य प्रयोगशाला भैरहवामा पीसीआर परीक्षण गर्दा क्वारेन्टाइनमा रहेका ४ जना र १ जना प्युठान नगरपालिका भित्र पर्ने समुदाय स्तरकी युवतीमा कोरोना देखिएपछि बाग्दुला बजार क्षेत्र ५ दिन सम्मका लागि लकडाउन गरिएको हो । नगरपालिका स्तरीय कोरोना संकट ब्यवस्थापन केन्द्रले आकस्मिक निर्णय गर्दै प्यूठान नगरपालिका वडा नं ७ र ८ नम्बरमा पर्ने बाग्दुला बजार क्षेत्रभित्रमा नगरपालिकाले वाग्दुला बजार क्षेत्रभित्र अत्यावश्यक सेवा बाहेक अन्य सबै प्रकारका सेवाहरु शिल गर्ने जनाएको छ । वडा नम्बर ७ मा पर्ने स्वर्गद्वारी बहुमुखी क्याम्पस पुण्यखोला देखी धाइरे, सारिवाङ(मरन्ठाना खरिबोट देखी गुरिगाउको बतासेडाडा क्षेत्रसम्म लकडाउन गरिने नगरपालिकाले जनाएको हो । ती महिला केही समय देखि अध्ययनको सिलसिलामा जिल्ला बाहिर रहेपनी लामो समयदेखि घरमै बसिरहेका थिईन । भारत लगायत तेस्रो मुलुक नगएको र क्वारेन्टाइनमा पनि नबसेकि उनमा कोरोना संक्रमण देखिएपछि समुदाय स्तरमा कोरोना फैलिएको आशंका गरिएको छ ।


खबर सबै
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो
-
बाणगंगाको प्रशासनिक नेतृत्वमा पाण्डेको इन्ट्री, विकास र सेवा प्रवाहमा गति आउने अपेक्षा
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
-
लोप हुदैै थारू समुदायको बर्कीमार गीत
-
प्रहरीलाई दबाब र प्रभावमा नपरी काम गर्न प्रधानमन्त्री शाहको निर्देशन
-
मन्त्री घिमिरेले गरे ‘मुसीवान पुल’ उद्घाटन, स्थानीयको वर्षौँदेखिको माग पूरा
-
हिमाली बचत तथा ऋण सहकारीको १९ औँ वार्षिक साधणसभा : वार्षिक कारोबार विस्तारको लक्ष्य, डिजिटल कारोबारमा जाेड
-
कोइलीचौर सामुदायिक वनले दिलायो वन पदाधिकारीलाई कानुनी प्रशिक्षण







प्रतिक्रिया