
समुदायमै कोरोना पुगेपछि प्युठानमा गरियो लकडाउन




श्रावण २२प्युठान । समुदायस्तरमा कोरोना संक्रमण देखिन थालेपछि प्युठानमा लकडाउन जारी गरिएको छ ।
पछिल्लो पटक प्रादेशिक जनस्वस्थ्य प्रयोगशाला भैरहवामा पीसीआर परीक्षण गर्दा क्वारेन्टाइनमा रहेका ४ जना र १ जना प्युठान नगरपालिका भित्र पर्ने समुदाय स्तरकी युवतीमा कोरोना देखिएपछि बाग्दुला बजार क्षेत्र ५ दिन सम्मका लागि लकडाउन गरिएको हो । नगरपालिका स्तरीय कोरोना संकट ब्यवस्थापन केन्द्रले आकस्मिक निर्णय गर्दै प्यूठान नगरपालिका वडा नं ७ र ८ नम्बरमा पर्ने बाग्दुला बजार क्षेत्रभित्रमा नगरपालिकाले वाग्दुला बजार क्षेत्रभित्र अत्यावश्यक सेवा बाहेक अन्य सबै प्रकारका सेवाहरु शिल गर्ने जनाएको छ । वडा नम्बर ७ मा पर्ने स्वर्गद्वारी बहुमुखी क्याम्पस पुण्यखोला देखी धाइरे, सारिवाङ(मरन्ठाना खरिबोट देखी गुरिगाउको बतासेडाडा क्षेत्रसम्म लकडाउन गरिने नगरपालिकाले जनाएको हो । ती महिला केही समय देखि अध्ययनको सिलसिलामा जिल्ला बाहिर रहेपनी लामो समयदेखि घरमै बसिरहेका थिईन । भारत लगायत तेस्रो मुलुक नगएको र क्वारेन्टाइनमा पनि नबसेकि उनमा कोरोना संक्रमण देखिएपछि समुदाय स्तरमा कोरोना फैलिएको आशंका गरिएको छ ।


खबर सबै
-
नारायणघाट–बुटवल सडक : ९०.८७ किलोमिटर सडक भने एकतर्फी कालोपत्र
-
लुम्बिनीको नीति : कृषि र प्रांगारिक उत्पादनलाई उच्च प्राथमिकता, युवालाई व्यावसायिक कृषिमा जोड्ने योजना
-
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दाङका एक युवकको घटनास्थलमै मृत्यु
-
रोल्पामा चरेससहित चार युवा पक्राउ
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
रोल्पामा चरेससहित चार युवा पक्राउ
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
माेतिपुरदेखि दिपज्याेती माेवाइल वर्ल्डकाे नयाँ यात्रा चारनम्बरबाट सुरु, यसरी भयाे ओपनिङ, एक महिना भारि अफर
-
बाणगंगा नदी दोहनविरुद्ध राष्ट्रिय जनमोर्चा कपिलवस्तुको कडा वक्तव्य !
प्रतिक्रिया