

जीतसँगै बार्सिलोना पाँचौ स्थानमा उक्लियो



पुस २, एजेन्सी
बार्सिलोनाले एक गोलले पछि परेको स्थिति उल्टाउँदै ला लिगाको शीर्ष स्थानमा रहेको रियल सोसिडाडलाई पराजित गरेको छ । बुधबार राति सम्पन्न खेलमा बार्सिलोना २–१ गोलले विजयी बन्यो ।
जीतसँगै बार्सिलोना आठौँ स्थानबाट पाँचौमा उक्लिएको छ भने सोसिडाडलाई गोलअन्तरको आधारमा उछिन्दै एथ्लेटिको म्याड्रिड लिगको शीर्ष स्थानमा पुगेको छ ।
विलियन जोसेले सोसिडाडलाई खेलको २७ औँ मिनेटमा अग्रता दिलाएका थिए तर, लगत्तै जोर्डी आल्बाले बार्सिलोनाका लागि बराबरी गोल फर्काए । पहिलो हाफ सकिन लाग्दा फ्रांकी योङले बार्सिलोनालाई अग्रता दिलाए ।
दोस्रो हाफमा कुनै गोल हुन सकेन र बार्सिलोनाले खेल आफ्नो पक्षमा पार्न सफल बन्यो । एन्टोनी ग्रिजमानको एउटा प्रहार पोष्टमा लाग्यो भने अर्कोपटक खाली पोष्टमा गोल गर्नबाट चुकेका थिए ।
एथ्लेटिको म्याड्रिड, रियल सोसिडाड र रियल म्याड्रिको शीर्ष स्थानमा समान २६ अंक रहेको छ भने बार्सिलोना मात्र ६ अंकले पछि रहेको छ ।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया