बर्दियामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु,१५ जना घाइते

बर्दियामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । गुलरियाबाट नेपालगञ्ज जाँदै गरेको बा ५ ख ५६०५ नं को मिनि फोर्स गाडी र विपरीत दिशाबाट आउँदै गरेको भारतीय मोटरसाइकल एकआपसमा ठाक्कर खाँदा दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा बाँके राप्तिसोनारी वडा नं ५ चिल्लरिया बस्ने ३४ वर्षीय हुकुमबहादुर खत्री र उनका बुवा ६६ वर्षीय बलबहादुर खत्री भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटना पश्चात् घाइते १७ जनालाई उपचारका लागि बर्दिया अस्पताल र नेपालगञ्ज पठाइएको थियो । जसअनुसार गम्भीर घाइते भएका दुई बुवा छोरालाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक रेशम बोहोराले बताउनुभयो ।

गाडीका चालक गुलरिया नगरपालिका वडा नं ८ बस्ने ४० वर्षीइ हरि चौधरीसहित १५ जना घाइते भएका छन् । उनीहरू मध्ये तीन जनालाई उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ । पाँच जनालाई उपचार पश्चात् डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

खबर सबै