भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीयतालाई प्रगाढ बनाउँछ : प्रधानमन्त्री बालेन

प्रधानमन्त्री वालेन्द्र शाहले भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आपसी सम्मान र आत्मीयतालाई अझ प्रगाढ बनाउन प्रेरणा प्रदान गर्ने बताएका छन् । 

प्रधानमन्त्री शाहले आज यमपञ्चकको अन्तिम दिन अर्थात् भाइटीकाको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीमा शुभकामनासमेत व्यक्त गरेका छन् । उनले दाजुभाइले पनि आफ्ना दिदीबहिनीलाई गच्छेअनुसार दक्षिणा प्रदान गरी आशीर्वाद ग्रहण गर्ने बताएका छन् । रासस

प्रतिक्रिया

खबर सबै