

वैकल्पिक राजनीतिको बहस उठाउँदै ‘लेखक खनाल’को पाँचौँ पुस्तक प्रकाशनको तयारीमा



जितपुर | नेपाली राजनीतिमा तीन दशकभन्दा बढी समय बिताएका लेखक तथा राजनीतिक विश्लेषक नारायण खनालको नयाँ पुस्तक ‘आदर्श वैकल्पिक राजनीतिक सिद्धान्तहरू’ प्रकाशनको तयारीमा रहेको छ । बदलिँदो राजनीतिक परिवेशमा परम्परागत राजनीतिक विचार र अभ्यासमाथि पुनर्विचार गर्दै वैकल्पिक राजनीतिको सैद्धान्तिक आधार खोज्ने उद्देश्यसहित पुस्तक तयार पारेको लेखक खनालले बताए ।
प्रकाशोन्मुख पुस्तकको शीर्षकले नै समकालीन राजनीतिमा वैकल्पिक विचार, सिद्धान्त र राजनीतिक अभ्यासको आवश्यकतामाथि बहस गर्ने संकेत गर्छ । पुस्तकको बाहिरी आवरणमा राजनैतीक विश्लेषक डम्बर खतिवडाले परिचयात्मक टिप्पणी गर्दै , साम्यवादी राजनीतिक धारमा सक्रिय रहँदै आएका खनालले उत्तरआधुनिक युगको उन्नत लोकतन्त्रको अवधारणालाई नेपाली समाजको सन्दर्भमा विश्लेषण गर्ने प्रयास गरेको उल्लेख गरेका छन् । पुस्तकमा राजनीतिक संक्रमण, लोकतन्त्रका बदलिँदा आयाम, शक्ति संरचना, एल्गोरिदम, प्रोपोगान्डा, रहस्यवाद, प्रियत्ववाद, नायकत्ववाद तथा प्रयोजित व्यक्तित्वजस्ता समकालीन राजनीतिक प्रवृत्तिबारे विमर्श गरिएको उनको भनाइ छ । ती प्रवृत्तिले समाज र राजनीतिक चेतनामा पार्न सक्ने प्रभाव तथा तिनका दीर्घकालीन परिणामबारे पुस्तकले बहस अघि बढाउने अपेक्षा गरिएको छ ।
लेखक खनालले पुस्तकमार्फत राजनीतिक विचारलाई केवल सत्ता प्राप्ति र सञ्चालनको विषयमा सीमित नराखी समाजको रूपान्तरण, लोकतान्त्रिक मूल्य र नागरिकको भूमिकासँग जोडेर हेर्ने प्रयास गरेको बताएका छन् । परम्परागत राजनीतिक मान्यता र अभ्यासमाथि प्रश्न उठाउँदै बदलिँदो समयअनुकूल राजनीतिको वैकल्पिक सैद्धान्तिक आधार खोज्नु पुस्तकको मुख्य वैचारिक कोण रहेको उनको भनाइ छ ।
नेपाली राजनीतिमा लामो समयदेखि सक्रिय खनालका यसअघि चारवटा पुस्तक प्रकाशित भइसकेका छन् । साम्राज्यवाद र नेपाली क्रान्ति, शान्ति र संविधान, ट्रास्किका विचारको सन्त्रास तथा समाजवादका सम्भावना र चुनौतीहरू उनका प्रकाशित कृति हुन् । आदर्श वैकल्पिक राजनीतिका सिद्धान्तहरू उनको पाँचौँ पुस्तक हो ।
राजनीतिक जीवनको तीन दशकभन्दा बढी समयलाई वैचारिक अध्ययन, लेखन र विश्लेषणसँग जोड्दै आएका खनालले स्थानीय तथा राष्ट्रिय पत्रपत्रिकामा सयौँभन्दा बढी आलेख प्रकाशित गरिसकेका छन् । त्यस्तै, स्थानीय तथा राष्ट्रिय रेडियो र टेलिभिजनमा पनि उनले सयौँभन्दा बढी अन्तर्वार्ता तथा विचार प्रस्तुत गरेका छन् । राजनीतिज्ञ, लेखक र विश्लेषकका रूपमा सार्वजनिक बहसमा निरन्तर सक्रिय रहँदै आएका खनालको नयाँ कृतिलाई उनको लामो राजनीतिक तथा वैचारिक यात्राको अर्को अभिव्यक्तिका रूपमा हेरिएको छ ।
बाणगंगा नगरपालिका–९, कपिलवस्तुका स्थायी बासिन्दा खनालको पुस्तक प्रकाशनसँगै नेपाली राजनीतिक वृत्तमा वैकल्पिक राजनीतिक सिद्धान्त र अभ्यासबारे नयाँ बहसका पक्षधरहरुलाई गतिलो आधार तयार हुने अपेक्षा गरिएको छ ।
परम्परागत राजनीतिक धार, लोकतन्त्रका बदलिँदा स्वरूप र समाजवादका सम्भावनाबारे यसअघि लेखन गर्दै आएका खनालले पाँचौँ कृतिमार्फत समकालीन राजनीतिक चुनौतीलाई नयाँ वैचारिक दृष्टिकोणबाट प्रस्तुत गर्न खोजेको पनि बताएका छन् ।


खबर सबै
-
वैकल्पिक राजनीतिको बहस उठाउँदै ‘लेखक खनाल’को पाँचौँ पुस्तक प्रकाशनको तयारीमा
-
नालामा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु
-
कपिलवस्तुमा तिहार लक्षित सुरक्षा योजना, देउसीभैलो राति ९ बजे सम्म मात्रै
-
एनपीएलमा आज एक खेल, काठमाडौँ र लुम्बिनी आमने सामने
-
आज काग तिहार मनाइँदै, यमपञ्चक सुरु
-
अर्घाखाचीमा पहिलो पटक देखियो दुर्लभ काँडे भ्याकुर
-
एनपीएलमा आज एक खेल, काठमाडौँ र लुम्बिनी आमने सामने
-
आज काग तिहार मनाइँदै, यमपञ्चक सुरु
-
अर्घाखाचीमा पहिलो पटक देखियो दुर्लभ काँडे भ्याकुर
-
कृष्णनगरका २६९ परिवारको जग्गामा कानुनी स्वामित्व सुनिश्चित
-
एनपीएलमा सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ
-
लुम्बिनी शीर्ष स्थानमा उक्लियो, पोखरा आठ विकेटले पराजित







प्रतिक्रिया