

कपिलवस्तुमा तिहार लक्षित सुरक्षा योजना, देउसीभैलो राति ९ बजे सम्म मात्रै



कपिलवस्तु | नेपालीहरुको दोस्रो महान पर्व दिपावली -तिहार) र छठ पर्वलाई लक्षित गरी कपिलवस्तुमा सुरक्षा व्यवस्थालाई कडाइका साथ लागु गर्न निर्देशन दिइएको छ । पर्वहरुलाई अनुशासित, मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन कपिलवस्तु जिल््ला प्रशासनले विशेष सुरक्षा तथा नियमनकारी निर्णयहरू सार्वजनिक गरेको हो ।
जिल्ला सुरक्षा समितिको सिफारिसमा प्रशासन कार्यालयले यसवर्षको तिहारमा देउसीभैलो खेल्ने समय राति ९ बजेसम्मका लागि मात्र निर्धारण गरेको बताएको छ ।
शुक्रबार जिलल्ला प्रशासन कार्यालय कपिलवस्तुमा प्रमुख जिल््ला अधिकारी -प्रजिअ) तोयनारायण सुवेदीको अध्यक्षतामा बसेको सरोकारवालाहरूसँगको छलफल तथा जिल्ला सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको छ ।
चाडपर्वलाई व्यवस्थित बनाउन प्रशासनले कात्तिक २५ गते जिल्लाभर मदिरा बिक्री -वितरणमां) पूर्ण रोक लगाएको छ । त्यसैगरी, तीव्र ध्वनि उत्पन्न गराई स्वास्थ्यमा प्रतिकूल असर पार्ने डिजे को प्रयोग, पटाकाजन्य विष्फोटक पदार्थको ओसारपसार तथा बिक्री वितरण र जुवातासमाथि कडा प्रतिबन्ध लगाइएको छ ।
तिहारमा स्थापित गरिने लक्ष्मी पूजाका मूर्ति विसर्जनका सन्दर्भमा तोकिएको रुट प्रयोग गरी सूर्यास्त हुनुअघि नै नजिकैको नदी वा खोलामा विसर्जन गरि सक्नुपर्ने नियम तय गरिएको बताएको छ । साथै, सामाजिक सञ्जालमार्फत सामाजिक सद्भाव बिगार्ने वा धार्मिक सहिष्णुतामा खलल र्पुयाउने खालका कुनै पनि सामग्री पोस्ट नगर्न प्रशासनले सचेत गराएको छ ।
बैठकलाई समोध्न ग्रदैै प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले ूचाडपर्वका समयमा हुन सक्ने सम्भावित आपराधिक घटना तथा अवाञ्छित गतिविधिलाई रोक्नका लागि हामीले एकीकृत सुरक्षा योजना लागू गरेका छौँ। तोकिएका नियमहरूको प्रभावकारी कार्यान्वयनका लागि सम्पूर्ण जिल्लावासीमा अनुरोध ग्रदै यदि कसैले निर्णयको उल्लङ्घन वा अटेर गरेमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिनेछ बताए ।
चार्डबाड लक्षित एकीकृत सुरक्षा योजनाअनुसार जिल्लाका संवेदनशील क्षेत्रहरूमा सुरक्षा निकायको उपस्थिति र गस्ती बढाईएको बताएको छ ।



खबर सबै
-
वैकल्पिक राजनीतिको बहस उठाउँदै ‘लेखक खनाल’को पाँचौँ पुस्तक प्रकाशनको तयारीमा
-
नालामा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु
-
कपिलवस्तुमा तिहार लक्षित सुरक्षा योजना, देउसीभैलो राति ९ बजे सम्म मात्रै
-
एनपीएलमा आज एक खेल, काठमाडौँ र लुम्बिनी आमने सामने
-
आज काग तिहार मनाइँदै, यमपञ्चक सुरु
-
अर्घाखाचीमा पहिलो पटक देखियो दुर्लभ काँडे भ्याकुर
-
एनपीएलमा आज एक खेल, काठमाडौँ र लुम्बिनी आमने सामने
-
आज काग तिहार मनाइँदै, यमपञ्चक सुरु
-
अर्घाखाचीमा पहिलो पटक देखियो दुर्लभ काँडे भ्याकुर
-
कृष्णनगरका २६९ परिवारको जग्गामा कानुनी स्वामित्व सुनिश्चित
-
एनपीएलमा सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ
-
लुम्बिनी शीर्ष स्थानमा उक्लियो, पोखरा आठ विकेटले पराजित







प्रतिक्रिया