


भारी वर्षाको पूर्वानुमानपछि लुम्बिनीमा १६ सयभन्दा बढी तालिम प्राप्त सशस्त्र प्रहरी परिचालन



रुपन्देही। लुम्बिनी प्रदेशमा अति भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपालले बाढी, पहिरो तथा डुबानबाट हुन सक्ने विपद् प्रतिकार्यका लागि १ हजार ६३२ जना जनशक्तिलाई उद्धार सामग्रीसहित तयारी अवस्थामा राखेको छ ।
जल तथा मौसम विज्ञानको पूर्वानुमानअनुसार असोज ८ देखि १२ गतेसम्म नेपालमा अति भारी वर्षा गराउन सक्ने मौसमी प्रणाली सक्रिय हुने सम्भावना रहेकाले सशस्त्र प्रहरीले प्रदेशका १२ वटै जिल्लामा जोखिमयुक्त स्थान पहिचान गरी जनशक्ति परिचालनको तयारी गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल नं। ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालयका अनुसार पश्चिम नवलपरासीमा ७५, रुपन्देहीमा १२०, कपिलवस्तुमा २२०, दाङमा ७१, बाँकेमा २६१, बर्दियामा ५८१, पाल्पामा ५१, अर्घाखाँचीमा ३०, गुल्मीमा ५८, प्युठानमा ४०, रोल्पामा ३० र रुकुममा १६ जना जनशक्ति तयारी अवस्थामा राखिएको छ ।


खबर सबै
-
बुटवल-पाल्पा सडक पहिरोले अवरुद्ध
-
राष्ट्रसंघमा बालेनको प्रस्ताव : नेपाल, भारत र चीन मिलेर हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाऔँ
-
कपिलवस्तुमा थपिए ९ जल तथा मौसम मापन केन्द्र, बाढीको पूर्वसूचना प्रणाली बलियो बनाइँदै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ






प्रतिक्रिया