

खोरमा अड्किएको चितुवाको उद्धार



अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–४ मकैडाँडामा कुखुराको खोरमा अड्किएको चितुवाको सुरक्षित उद्धार गरिएको छ ।
स्थानीयवासीको घरमा रहेको कुखुराको खोरभित्र चितुवा अड्किएको सूचना पाएपछि डिभिजन वन कार्यालय अर्घाखाँचीको टोली घटनास्थलमा पुगेर चितुवाको उद्धार गरेको हो ।
डिभिजन वन कार्यालयका सूचना अधिकारी केशर खड्काले चितुवा खोरभित्र रहेका चार वटा कुखुरा मारेपछि बाहिर निस्कन नसकी अड्किएको अवस्थामा फेला परेको जानकारी दिनुभयो ।
चितुवालाई आवश्यक सावधानी अपनाएर सुरक्षित रूपमा उद्धार गरिएको छ । उद्धार गरिएको चितुवाको स्वास्थ्य अवस्था सामान्य रहेको र आवश्यक प्रक्रिया पूरा गरी उपयुक्त प्राकृतिक वासस्थानमा छाडिने कार्यालय जनाएको छ ।
वन्यजन्तु बस्तीमा प्रवेश गरेको अवस्थामा स्थानीयवासीलाई नआत्तिन र आफैँ नियन्त्रणमा लिन प्रयास नगर्न डिभिजन वन कार्यालयले आग्रह गरेको छ । त्यस्तो अवस्थामा तत्काल सम्बन्धित वन कार्यालयलाई जानकारी गराउनसमेत कार्यालयले अनुरोध गरिएको छ ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया