

पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की



कपिलवस्तु : प्रहरी कार्यालय पिपरा कपिलवस्तुको नेतृत्व अब पहिलो पटक महिला प्रहरी निरीक्षकले सम्हाल्ने भएकी छन्। प्रहरी निरीक्षक अर्जुन पौडेल आफ्नो व्यावसायिक अनुभवलाई अन्तर्राष्ट्रिय अभ्यास सँग जोड्ने अवसरमा पुगेका छन् ।
हाल इलाका प्रहरी कार्यालय पिपराको नेतृत्व सम्हालिरहेका प्रहरी निरीक्षक अर्जुन पौडेल करिब पाँच महिनाको अन्तर्राष्ट्रिय प्रहरी आदान–प्रदान तथा तालिम कार्यक्रममा सहभागी हुन संयुक्त अरब इमिरेट्स (यूएई) जाने भएपछि उनको स्थानमा कार्कीलाई पठाउन लागिएको हो।
पौडेल ‘UAE Ministry of Interior Police Academy Exchange Programme’ अन्तर्गत सञ्चालन हुने अन्तर्राष्ट्रिय प्रहरी आदान–प्रदान तथा तालिम कार्यक्रममा सहभागी हुन यूएई पुगेका छन्। व्यावसायिक अनुभवलाई अन्तर्राष्ट्रिय अभ्याससँग जोड्ने अवसरका रूपमा लिइएको उक्त कार्यक्रमपछि उनी पुनः नेपाल फर्कनेछन्।
पिपरा प्रहरी कार्यालयको इतिहासमै पहिलोपटक महिला प्रहरी निरीक्षकले कमाण्ड सम्हाल्न लागेकाले कार्कीको आगमनलाई विशेष चासोका साथ हेरिएको छ। अपराध नियन्त्रणसँगै नागरिकमैत्री प्रहरी सेवा, प्रभावकारी अनुसन्धान, महिला तथा बालबालिकाका संवेदनशील मुद्दामा पीडितमैत्री व्यवहार र समुदायसँगको समन्वयमा उनको भूमिका महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।
कार्की यसअघि इलाका प्रहरी कार्यालय गढवा, दाङमा कार्यरत थिइन्। गढवामा रहँदा उनले आफ्नो नेतृत्व क्षमता, सक्रियता र कार्यसम्पादनमार्फत प्रहरी सेवामा प्रभाव छाड्न सफल भएकी थिइन्।
विशेषगरी महिला, बालबालिका तथा यौनजन्य हिंसाका घटनामा पीडितमैत्री प्रहरी सेवामा जोड दिँदै उनले प्रहरीप्रतिको नागरिक विश्वास बढाउन भूमिका खेलेकी थिइन्।
उनको कार्यकालमा भारतमा बेचिएकी एक महिलाको उद्धारका लागि उनी आफैं भारत पुगेकी थिइन्। तीन दिनसम्मको प्रयासपछि पीडित महिलाको सफल उद्धार गरिएको थियो। सीमापार अपराध तथा मानव बेचबिखनजस्तो संवेदनशील विषयमा देखाएको सक्रियतालाई उनको कार्यक्षमताको उल्लेखनीय उदाहरणका रूपमा लिइन्छ।
महिला प्रहरी अधिकृतको नेतृत्वमा महिला तथा यौनजन्य हिंसाका पीडितले आफ्ना समस्या तुलनात्मक रूपमा सहज ढंगले राख्न सक्ने वातावरण बन्ने कार्कीको बुझाइ छ। त्यसैले प्रहरी सेवालाई कानुनी कारबाहीमा मात्र सीमित नराखी पीडितको मनोविज्ञान बुझ्ने, विश्वास जित्ने र न्यायको पहुँच सहज बनाउने उनको कार्यशैली देखिन्छ।
पिपरा कपिलवस्तुको महत्वपूर्ण प्रहरी क्षेत्रमध्ये एक हो। यहाँ लागुऔषध नियन्त्रण, महिला तथा बालबालिकामाथि हुने हिंसा, चोरी–डकैतीलगायतका अपराध नियन्त्रण प्रहरीका प्रमुख चुनौती हुन्।
यससँगै स्थानीय नागरिकसँग प्रभावकारी समन्वय कायम गर्दै प्रहरीप्रतिको विश्वास थप मजबुत बनाउनु पनि नयाँ नेतृत्वको महत्वपूर्ण जिम्मेवारी हुनेछ।
प्रहरी निरीक्षक पौडेलले आफ्नो कार्यकालमा अनुसन्धान तथा अपराध नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्दै बाहिरिन लागेका बेला पिपरामा आउन लागेकी कार्कीका लागि पनि नागरिकको अपेक्षा पूरा गर्दै आफ्नो नेतृत्व क्षमता प्रमाणित गर्ने चुनौती छ।
तर, विगतमा जटिल घटनामा देखाएको सक्रियता, महिला तथा बालबालिकासम्बन्धी संवेदनशील मुद्दामा गरेको काम र नेतृत्व क्षमताका आधारमा कार्कीको आगमनलाई पिपराले अनुभवी तथा कार्यक्षमताबाट आफूलाई प्रमाणित गरिसकेकी प्रहरी अधिकृत पाउने अवसरका रूपमा हेरिएको छ।
पिपरामा पहिलोपटक महिला प्रहरी निरीक्षकको कमाण्ड सुरु हुन लाग्नु प्रहरी संगठनभित्रको नेतृत्वमा महिलाको सहभागिताको दृष्टिले समेत महत्वपूर्ण मानिएको छ।


खबर सबै
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की
-
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब रुपैयाँ जम्मा
-
सरकारले विदेशसँग माग्यो उद्धार सामग्री
-
प्रधानमन्त्री बालेनले लेखे – प्रिय जेनजी सुशासन कायम हुने नै छ
-
वालेनलाई सुशीलाको सन्देशः राजनीतिक स्थायित्व संसदीय गणितले होइन, शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ
-
चार धाम जोडेर ‘रुरु महास्नान’ आयोजना गरिने
-
प्रधानमन्त्री बालेनले लेखे – प्रिय जेनजी सुशासन कायम हुने नै छ
-
वालेनलाई सुशीलाको सन्देशः राजनीतिक स्थायित्व संसदीय गणितले होइन, शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ
-
चार धाम जोडेर ‘रुरु महास्नान’ आयोजना गरिने
-
हङकङले दियो नेपाललाई २६२ रनको लक्ष्य
-
आज ‘जेनजी’ शहीद दिवस : सार्वजनिक बिदा
-
रसुवा बाढीका मृतकहरुकाे सम्झनामा बाणगंगामा श्रद्धाञ्जली तथा शोकसभा






प्रतिक्रिया