

हङकङले दियो नेपाललाई २६२ रनको लक्ष्य



बाबर हायतको शतकमा हङकङले एसीसी प्रिमियर कपमा नेपालसामु २६२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मंगलबार मलेसियाको बायोमास ओभलमा टस जितेर ब्याटिङ रोजेको हङकङले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २६१ रनको योगफल तयार पारेको हो ।
हङकङका हायतले अविजित ११७ रनको योगदान गरे । उनले १२६ बलमा सात चौका र सात छक्का प्रहार गरे । यसैगरी, शाहिद वासिफले ४५, एहसान खानले अविजित ३५, जिशन अलीले १५ र अन्शुमन रथले १३ रन बनाए ।
आठौँ विकेटका लागि हायत र खानले अविजित १२८ रनको साझेदारी गरेका थिए ।
नेपालका कप्तान सन्दीप लामिछानेले चार र शेर मल्लले तीन विकेट लिए ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया