

एनपीएलको टिकेटिङ पार्टनरमा इसेवा



नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको टिकेटिङ अधिकार इसेवाले पाएको छ । आइतबार इसेवाले ८५ लाख रुपैयाँमा टिकेटिङ अधिकार प्राप्त भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको हो ।
क्यानका अनुसार, टिकटबाट प्राप्त हुने आम्दानीको ९५ प्रतिशत क्यानले प्राप्त गर्नेछ भने पाँच प्रतिशत कम्पनीले पाउनेछ ।
प्रतियोगिता कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुनेछ । प्रतियोगिताको साविक विजेता लुम्बिनी लायन्स रहेको छ । पहिलो संस्करण भने जनकपुर बोल्ट्सले जितेको थियो ।
सामाजिक सञ्जालमा उक्त कुरा खुलाउँदै क्यानले तेस्रो संस्करण अझ सफल, व्यवस्थित र प्रभावकारी बनाउन प्रतिबद्ध रहेको जनाएको छ । प्रतियोगितामा आठ टिम सहभागी छन् ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया