एनपीएलको टिकेटिङ पार्टनरमा इसेवा

 नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको टिकेटिङ अधिकार इसेवाले पाएको छ । आइतबार इसेवाले ८५ लाख रुपैयाँमा टिकेटिङ अधिकार प्राप्त भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको हो । 

क्यानका अनुसार, टिकटबाट प्राप्त हुने आम्दानीको ९५ प्रतिशत क्यानले प्राप्त गर्नेछ भने पाँच प्रतिशत कम्पनीले पाउनेछ । 

प्रतियोगिता कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुनेछ । प्रतियोगिताको साविक विजेता लुम्बिनी लायन्स रहेको छ । पहिलो संस्करण भने जनकपुर बोल्ट्सले जितेको थियो । 

सामाजिक सञ्जालमा उक्त कुरा खुलाउँदै क्यानले तेस्रो संस्करण अझ सफल, व्यवस्थित र प्रभावकारी बनाउन प्रतिबद्ध रहेको जनाएको छ । प्रतियोगितामा आठ टिम सहभागी छन् ।

प्रतिक्रिया

खबर सबै