कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

कपिलवस्तुको शिवराज नगरपालिका–२ बालापुर मिलनचोकमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु भएको छ।

शुक्रबार हल्लानगरबाट २ नम्बर टोलतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ह १३७८ नम्बरको अटोले बाटो काट्दै गरेका स्थानीय तिर्सना सेन ठकुरीका तीन वर्षीय छोरा शिवम सेन ठकुरीलाई ठक्कर दिएको हो।


अटोको ठक्करबाट टाउको र अनुहारमा गम्भीर चोट लागेका शिवमलाई चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवलस्थित लुम्बिनी सिटी अस्पताल ल्याइएको थियो। उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।


जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अटो चालक रूपा विकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया

खबर सबै