

सर्वोच्च अदालतमा आगलागी



सर्वोच्च अदालतमा बुधबार (भदौ १७) राति आगलागी भएको छ । नयाँ भवनको भुइँतलामा आगलागी हुँदा केही कागजपत्र जलेका छन् ।
आगलागी कसरी भयो भन्ने विषयमा सर्वोच्च प्रशासन र प्रहरीले भिन्नाभिन्नै छानबिन सुरु गरेका छन् । ‘अन्डरग्राउन्ड’मा आगलागी हुँदा सामान्य क्षति भएको सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए ।
“राति भन्ने कि (बिहीबार) बिहान भन्ने १ बजेतिर अन्डरग्राउन्डमा आगजनी भएको रहेछ । चुरोट खाएर फाले कि ! विद्युत् सर्ट भएर हो वा के हो – प्रशासनिक र प्रहरीको लेवलबाट छानबिन भइरहेको छ,” प्रवक्ता कोइरालाले भने, ‘‘मध्यरातमा भएको छ, हामीले बुझ्दै छौँ । अभिलेखमा डम्प गरी राखेका केही मिसिलहरू जलेका छन् । ठूलो क्षतिचाहिँ भएको छैन ।”
घटना नियतवश हो कि ? भन्ने प्रश्नमा उनले भने, “प्रहरीले पनि आफ्नो तर्फबाट अनुसन्धान गरिरहेको छ । अवाञ्छित गतिविधि हो कि होइन छानबिनबाट थाहा होला । नजिकै पावर सर्किट पनि जलेको देखिन्छ । त्यही कारण हो वा कसरी भएको हो भनेर अनुसन्धान हुँदै छ ।”
आगलागी सुरु भएको केही बेरपछि नियन्त्रणमा लिइएको थियो ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया