

सर्वोच्च अदालतमा आगलागी


सर्वोच्च अदालतमा बुधबार (भदौ १७) राति आगलागी भएको छ । नयाँ भवनको भुइँतलामा आगलागी हुँदा केही कागजपत्र जलेका छन् ।
आगलागी कसरी भयो भन्ने विषयमा सर्वोच्च प्रशासन र प्रहरीले भिन्नाभिन्नै छानबिन सुरु गरेका छन् । ‘अन्डरग्राउन्ड’मा आगलागी हुँदा सामान्य क्षति भएको सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए ।
“राति भन्ने कि (बिहीबार) बिहान भन्ने १ बजेतिर अन्डरग्राउन्डमा आगजनी भएको रहेछ । चुरोट खाएर फाले कि ! विद्युत् सर्ट भएर हो वा के हो – प्रशासनिक र प्रहरीको लेवलबाट छानबिन भइरहेको छ,” प्रवक्ता कोइरालाले भने, ‘‘मध्यरातमा भएको छ, हामीले बुझ्दै छौँ । अभिलेखमा डम्प गरी राखेका केही मिसिलहरू जलेका छन् । ठूलो क्षतिचाहिँ भएको छैन ।”
घटना नियतवश हो कि ? भन्ने प्रश्नमा उनले भने, “प्रहरीले पनि आफ्नो तर्फबाट अनुसन्धान गरिरहेको छ । अवाञ्छित गतिविधि हो कि होइन छानबिनबाट थाहा होला । नजिकै पावर सर्किट पनि जलेको देखिन्छ । त्यही कारण हो वा कसरी भएको हो भनेर अनुसन्धान हुँदै छ ।”
आगलागी सुरु भएको केही बेरपछि नियन्त्रणमा लिइएको थियो ।


खबर सबै
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित
-
कपिलवस्तुमा तिन छठ्ठी पर्व मनाइँदै






प्रतिक्रिया