

एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित



नेपालले एसीसी प्रिमियर कपमा लगातार दोस्रो जित दर्ता गर्दै सेमिफाइनल सम्भावनालाई बलियो बनाएको छ । बिहीबार नेपालले यूकेएम यूएसडी ओभलमा घरेलु टोली मलेसियालाई ६ विकेटले निराश बनाएको हो ।
मलेसियाले प्रस्तुत गरेको १०४ रुनको लक्ष्य नेपालले २१.४ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो । नेपालका अर्जुन कुमालले अविजित ४५ रनको योगदान गरे । उनले ६८ बलमा चार चौका प्रहार गरे ।
इशान पाण्डेले २०, दीपेन्द्रसिंह ऐरीले अविजित १२ र रोहितकुमार पौडेलले १० रन बनाए । तेस्रो विकेटका निम्ति अर्जुन र इशानबीच ५७ रनको साझेदारी भएको थियो ।
मलेसियाका वीरनदीप सिंह, प्रशान्त मधुकर, आरिफ उल्लाह र कप्तान सैयद अजिजले एक/एक विकेट लिए ।
त्यसअघि, टस जितेर ब्याटिङ रोजेको मलेसियाले ३२.३ ओभरमा सबै विकेट गुमाएर १०३ रन बनाएको थियो । मलेसियाका सैयद अजिजले ३०, अकिल वाहिदले २४, वीरनदीप सिंहले १४ र मोहम्मद स्याहदत रमीलले १३ रन जोडे ।
नेपालका करण केसीले चार, ललितनारायण राजवंशीले दुई तथा हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र कप्तान सन्दीप लामिछानले एक/एक विकेट लिए ।
जितसँगै दुई खेलबाट चार अंक जोडेको नेपाल समूह ‘ए’को शीर्ष स्थानमा छ । पहिलो हार व्यहोरेको मलेसिया समान खेलबाट दुई अंकका साथ दोस्रो स्थानमा छ ।
पहिलो खेलमा नेपालले बहराइलाई सात विकेटले हराएको थियो । मलेसियाले साउदी अरेबियालाई ९३ रनले पराजित गरेको थियो ।
नेपालले अब आउँदो आइतबार साउदी अरेबियाको सामना गर्नेछ ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया