

विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग


कपिलवस्तु । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले ४३ लाख ४५ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ।
नगरपालिकाले बाढीपीडितको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ४३ लाख ४५ हजार बराबरको आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको हो।
नगर प्रमुख केशवकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा २०८३ भदौ १० गते भोटेकोशी नदीमा रसुवागढी नाका हुँदै आएको आकस्मिक विनाशकारी बाढी तथा पहिरोबाट ठूलो धनजनको क्षति भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरिएको छ।
प्राकृतिक विपद्मा परी अकालमै ज्यान गुमाउने सम्पूर्ण नागरिक तथा विदेशी पर्यटकप्रति श्रद्धाञ्जली अर्पण गर्दै नगरपालिकाले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरिएको छ।
विज्ञप्तिमा बाढीपीडितप्रति सहानुभूति प्रकट गर्दै राहत, उद्धार र पुनर्स्थापनामा सहयोग पुर्याउने मानवीय मूल्य–मान्यताअनुरूप बुद्धभूमि नगरपालिकाको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ४३,४५,००० (अक्षरेपी त्रिचालीस लाख पैँतालीस हजार रुपैयाँ) आर्थिक सहयोग प्रदान गर्न अनुरोध गरिएको उल्लेख छ।
नगरपालिकाले विपद्को कठिन समयमा बाढीपीडितलाई थप सहयोग र सहानुभूति प्रदान गर्न बुद्धभूमिका नगरवासी, स्थानीय संघ–संस्था तथा व्यवसायीहरूलाई समेत अपिल गरेको छ।



खबर सबै
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड






प्रतिक्रिया