

रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन



रसुवामा आएको भीषण बाढीका कारण रसुवागढी भन्सारमा ठूलो क्षति पुगेको छ ।
बाढीले भन्सार जाँचपासका लागि राखिएका करिब ५०० वटा नयाँ गाडीहरू बगाएको प्रारम्भिक अनुमान गरिएको छ ।
‘बाढीले कल्पनै गर्न नसकिने क्षति पुर्याएको छ । करिब ५ सय गाडी बाढीले बगाएको अनुमान छ’, भन्सार विभागका निर्देशक किशोर बर्तौलाले भने ।
उनका अनुसार बाढीका कारण भन्सार क्षेत्रमा केही पनि बाँकी छैन । भन्सार क्षेत्रमा ठूलो परिमाणमा चीनबाट आयात गरिएका नयाँ सवारी साधन (विद्युतीय तथा अन्य गाडीहरू) पार्किङ गरी राखिएका थिए ।
भन्सार कार्यालयका करिब दुई दर्जन कर्मचारीहरू अझै सम्पर्कविहीन रहेका छन् ।
भन्सार कार्यालयमा ४० जना भन्दा बढी कर्मचारी रहेकोमा हालसम्म आधा पनि सम्पर्कमा नआएको निर्देशक बर्तौलाले जानकारी दिए ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया