

टप एन्ड सिरिज अन्तर्गत आज नेपाल ए ले होबर्ट हुरिक्यान्स एकेडेमीसँग खेल्दै



अस्ट्रेलिया जारी टप एन्ड सिरिज अन्तर्गत आज नेपाल ‘ए’ ले आज तेस्रो खेलमा होबर्ट हुरिक्यान्स एकेडेमी टिमसँग खेल्दैछ । यो खेल नेपाली समय अनुसार दिउसो ३: १५ बजेदेखि शुरु हुदैछ ।
नेपाल ए ले यसअघि आफ्नो पहिलो खेलमा एनटी स्ट्राइक ८ विकेटको हार बेहोरेको थियो भने दोस्रो खेलमा बंगालदेश एचपी एघारसँग ९ विकेटले हारेको थियो ।
क्यानले अस्ट्रेलियाको डार्विनमा आयोजना हुने टप एन्ड टी–२० प्रतियोगिता तथा त्यसपछि दक्षिण अस्ट्रेलिया, तास्मानिया र न्युजिल्यान्ड ‘ए’ विरुद्ध हुने मैत्रीपूर्ण शृंखलाका लागि अनिलकुमार साहको कप्तानीमा १५ सदस्यीय टोली अस्ट्रेलिया पठाएको छ ।
टोलीमा अनिलकुमार साह (कप्तान), त्रितराज दास, मयन यादव, कुशल भुर्तेल, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, लोकेश बम, रसिद खान, नारायण जोशी, आकाश चन्द, साहब आलम, विपिन खत्री, युवराज खत्री र रिजन ढकाल रहेका छन् ।
अस्ट्रेलियाको एनटी स्ट्राइकले आयोजना गर्ने टप एन्ड टी-२० प्रतियोगिता अगस्ट ३० सम्म डार्विनमा सञ्चालन हुनेछ । प्रतियोगितामा नेपाल ए ले अर्को खेल अगस्ट २६ मा एसीटी कमेट्स, अगस्ट २७ मा किङ्सम्यान र अगस्ट २९ मा भिक्टोरियासँग खेल्ने तालिका रहेको छ ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया