

नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज



नेपासहित ७५ मुलुकका लागि डोनाल्ड ट्रम्प प्रशासनले अख्तियार गरेको कडा आप्रवासी भिसा नीति अदालतले खारेज गरिदिएको छ ।
म्यानहटनस्थित अदालतकी न्यायाधीश जेनेट भार्गासले ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति खारेज गरिदिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
आप्रवासी अधिकारवादी संस्थाहरू क्याथोलिक लिगल इमिग्रेसन नेटवर्क र अफ्रिकन कम्युनिटीज टुगेदर लगायतका संस्थाले परिवारका लागि आप्रवासी भिसा प्रायोजन गरिरहेका आवेदकहरूको पक्षबाट अदालतमा मुद्दा हालेका थिए । उक्त मुद्दामा सुनुवाइ गर्दै राष्ट्रियताको आधारमा आप्रवासी भिसामा कडा नीति खारेजीको आदेश आएको हो ।
उक्त नीति गैरकानुनी रहेको त्यसले संघीय आप्रवासन कानुनको उल्लंघन गरेको उनको फैसलामा भनिएको छ । उक्त नीतिले विदेश मन्त्रालयको अधिकार संकुचित गरिदिएको फैसलामा भनिएको छ ।
ुुआवेदकको राष्ट्रियताका आधारमा आप्रवासी भिसा जारीका लागि प्रतिबन्ध लगाउने यो नीति कानुनी व्यवस्थाको प्रत्यक्ष उल्लंघन हो,ुु उनको फैसलामा भनिएको छ ।
ल्याटिन अमेरिका, अफ्रिका, एसिया क्षेत्रका विभिन्न मुलुकका आप्रवासीका कारण संघीय सरकारी स्रोतमा बढी चाप परेको भन्दै आप्रवासी परिवारका भिसामा ट्रम्प प्रशासनले कडाइ गरेको थियो ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया