

सर्पले टोकेर वैशाखयता ६६ जनाको मृत्यु



सर्पले टोकेर पछिल्लो चार महिनामा ६६ जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत वैशाखदेखि हालसम्म देशभर ६६ जनाको मृत्यु भएको हो । यस्तै, यो अवधिमा नौ सय ५६ जनालाई सर्पले टोकेको छ ।
सर्पले टोकेका प्रत्येक एक सय जनामध्ये १० देखि १२ जनामा मात्रै विषको असर वा लक्षण देखिने गर्छ । यसरी विषको लक्षण पुष्टि भएका बिरामीलाई भने तत्कालै एन्टिभेनम (विष निरोधक खोप) दिई उपचार गर्नुपर्छ ।
स्वास्थ्य सेवा विभागको नियमित खरिद प्रक्रियाअन्तर्गत सर्पदंशको उपचारमा प्रयोग हुने ८ हजार २ सय भायल भ्याक्सिन सात वटै प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमार्फत सम्बन्धित स्वास्थ्य संस्थामा वितरण गरिएको छ ।
यसैगरी रेबिजविरुद्ध प्रयोग हुने १७ हजार ६ सय भायल रेबिज इम्युनोग्लोबुलिनसमेत केन्द्रीय भ्याक्सिन स्टोरमा प्राप्त भएको थियो ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया