

कोलकाताको होटलमा आगलागी, नौ जनाको मृत्यु


भारतको पश्चिम बंगालको राजधानी कोलकातास्थित न्यू मार्केट क्षेत्रको एक होटलमा मंगलबार राति भीषण आगलागी हुँदा एक बालकसहित नौ जनाको मृत्यु भएको छ ।
उनीहरूको धुवाँका कारण निसास्सिएर मृत्यु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । घटनामा अन्य छ जना घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर रहेको छ ।
राति करिब २ बजे होटलको तेस्रो तलाबाट सुरु भएको आगो र धुवाँ पूरै भवनमा फैलिएको थियो । दमकल र प्रहरीले होटलमा फसेका मानिसको उद्धार गरेका थिए ।
प्रारम्भिक अनुमानमा विद्युत् सर्टका कारण आगो लागेको बताइएको छ । प्रहरीले होटलका व्यवस्थापकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया