


कपिलवस्तुका पुर्व मेयर सिंह बेपत्ता, अझै फेला परेनन्, खोजी कार्य जारी



साझाकुरा, कपिलवस्तु । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा कांग्रेस जिल्ला नेता किरण सिंह अझै फेला परेका छैनन् ।
उनी शुक्रबार दिउँसोदेखि कपिलवस्तुको तिलौराकोट साझेदारी वन क्षेत्रबाट उनी हराएका थिए । सिंह चढ्ने लु प्र ०१०१३ प ७९७० नम्बरको मोटरसाइकल वन क्षेत्रमा भेटिए पनि उनको अवस्था भने अहिलेसम्म अज्ञात छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दीपक कुँवरले शुक्रबार राति अबेरसम्म खोजी गर्दा पनि सिंह नभेटिएपछि शनिबार बिहानैदेखि तालिमप्राप्त कुकुर परीचालन गरी खोजी कार्य भइरहेको जानकारी दिए ।
पूर्वमेयर सिंहले ढेकहरी क्षेत्रमा व्यावसायिक फार्म खोल्ने तयारी गरिरहेकाले यसअघि पनि पटक–पटक उक्त क्षेत्रमा जाने गरेको बताइएको छ ।
उनको खोजीलाई तीब्र बनाउन कांग्रेस जिल्ला सभापति अब्दुल कलामले विज्ञप्ति निकालेर आग्रह गरेका छन् ।
क्रबार दिउसो सिंह चढ्ने मोटरसाइकल जंगलमा भेटिए पनि उनी अहिलेसम्म भेटिएका छैनन् । कपिलवस्तुका प्रहरी प्रमुख एसपी मनोहर भट्टले शुक्रबार खोजी गरे पनि भेटाउन नसकेपछि अहिले बिहानैदेखि खोजी कार्य जारी रहेको बताए ।
‘गोरुसिंगे र तिलौराकोट बीचमा पर्ने वनमा उहाँहरूले रिर्सोट बनाउन लाग्नुभएको रहेछ’ एसपी भट्टले भने, ‘शुक्रबार बेलुकापख उहाँ त्यहाँबाट निस्केर बाटो बिराएपछि आफन्तलाई फोन पनि गर्नुभएको रहेछ । खोज्दै जाँदा उहाँ चढ्ने मोटरसाइकल भेटियो । तर, उहाँ अहिलेसम्म भेटिनुभएको छैन ।’
आफन्तलाई फोन गर्दा म हराएँ भन्दै सिंह हतासिएको आवाजमा बोलेका थिए । उनी चढ्ने लु प्र ०१०१३ नम्बरको मोटरसाइकल जंगलमा फेला परेको थियो । प्रहरी स्थानीय बासीसहित ठूलो संख्यामा रहेका टोलीले ढेकहरी क्षेत्रको आसपासका धेरै क्षेत्रमा खोजी कार्य गरेको थियो ।


खबर सबै
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता






प्रतिक्रिया